इलाम,
इलामका माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु भएको छ ।
‘लकडाउन’का कारण स्थगित कालोपत्रेको काम करिब छ महिनापछि पुनः सुरु भएको हो ।
सडकको करिब ६२ प्रतिशत कालोपत्रे काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले पाँच वर्षको अवधिमा चरणगतरुपमा सडक कालोपत्रे गर्ने सम्झौता भएको हो ।