ल्यापटप चोररे बेच्न हिडेका प्रहरीको फन्दामा

0
297

बिर्तामोड,पुस २७ । ल्यापटप चोरी गरेर विक्री गर्दै हिडेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा अनारमनी ३ स्थित विर्तामोडमा महमद बेचनको घरमा सप्तरीबाट पाहुना आएका महमद कमाल मियाँको ल्यापटप चारी गरी विक्रीका लागि हिडेका सोही वडामा डेरा गरी बस्दै आएका वर्ष २३ को सञ्जु चौधरीलाई पक्राउ गरेको हो ।

परिवार पिकनिक गएको बेला एसर कम्पनीको करीव ५० हजार मुल्य पर्ने ल्यापटप चारी गरेको प्रहरीले जनाएको छ । चोरी नियन्त्रणका लागि विर्तामोड इलाका प्रहरी कार्यालयले स्वायड टोली गठन गरेको हो ।

प्रहरीले हिजो साँझ विर्तामोडको शनिश्चरे रोडमा ल्यापटप विक्री गर्न हिडिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरेको हो । एक जना फरार रहेको र खोजी कार्य तिव्र बनाएको प्रहरीले जनाएको छ ।index

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here