सात बुँदे घोषणापत्र जारी

0
258

logo-of-purwanchal

इलाम,पुस २८ । किरात याक्थुङ चुम्लुङको तीन दिनदेखि इलाम सदरमुकाममा जारी बैठक सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सहभागितालगायतका मुद्दा चयन गर्दै बैठक सम्पन्न भएको हो । जातीय मुद्दालाई टेकेर संविधानसभाको दोस्रो निर्वाचनबाट लिम्बूवानलगायतका जातीय पहिचानसहितको स्वायत्तः राज्य र लिम्बूवानमा थाकथलो भएका आदिवासीका लागि संरक्षित क्षेत्र आदिको सुनिश्चिततामा विशेष जोड दिन सक्रिय रहनेसमेत बैठकले निर्णय गरेको छ ।

लिम्बूवान क्षेत्रबाट निर्वाचित सभासद् र अन्य सभासद्लाई निरन्तर समन्वय गर्दै सडक, सदन र कानुनी आन्दोलन सुरु गर्ने निर्णय भएको किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सन्तोष नेम्बाङले बताउनुभयो ।

घोषणापत्रमा लिम्बूवान क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्दै लिम्बू भाषामा उच्च तहसम्म अध्ययन, अध्यापन गराउनका लागि नेपाल सरकारलाई दबाब दिने तथा विश्वविद्यालयलाई सहजीकरणका लागि अनुरोध गर्ने नेम्बाङले बताउनुभयो । बैठकमा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका किरात याक्थुङ चुम्लुङका सदस्यहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here