फाल्गुनन्द गाउँपालिका सहित पाँचथरका चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

0
912

युद्धबहादुर बोहोरा/पाँचथर,

प्रदेश १ सरकारद्वारा स्विस सरकारको सहयोगमा फाल्गुनन्द गाउँपालिका सहित जिल्लाका दक्षिणी क्षेत्रका चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम संचालनमा आएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिकामा एकिकृत गाँउविकाश रणनितिक योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।त्यस पछि फाल्गुनन्द गाउँपालिकाको चार दिने गोष्ठी स्वास्थ्य मापदण्ड अपनाउँदै बुधबार सम्पन्न गरिएको छ ।

मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा तत्काल प्रशिक्षण शुरुगरि कार्यक्रम कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइने स्विस अन्तर्राष्ट्रिय विकास सहयोग (एसडीसी) प्रदेश सहयोग कार्यक्रमका प्रबन्धक बिष्णु पुरीले जानकारी दिए ।

प्रदेश र स्थानीय सरकार बीच रणनितिक साझेदारी अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उदेश्यका साथ ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत साझेदारीका परियोजना छनोट गर्ने,विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै यसको कार्यान्वयन गर्ने रहेको छ । यसबाट सुचनाको हक तथा निर्णय प्रकृयामा सहभागि बन्न समावेशी र सहभागिमुलक सहयोग पुग्ने छ ।

यसैबीच,फाल्गुनन्द गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रम (एसडीसी)को वित्तीय सहयोग तथा गभर्नेन्स एण्ड डिजाइन सोलुसन (जिडिएस) नेपालको प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए ।

कार्यक्रममा जिडिएसको तर्फबाट टिम लिडर सहजकर्ता विके महर्जन,कृषि अर्थशास्त्री ऋषिराम कट्टेल,योजना विद् मण्डु अधिकारी, सहयोगी विनु लुईटलको टोलिले गोष्ठीको सहजीकरण गरेको थियो

प्रशिक्षणमा दिर्घकालिन सोच सहित विषयगत रणनितिक योजना,राजश्व सुधार,मध्यकालीन खर्च संरचनाको आवधिक योजना बारे प्रस्तुतीकरण साथै पालिकाको वस्तु स्थिति (सवल⁄कम्जोर) पक्ष,अवसर र चुनौती विश्लेष्ण समुह कार्य,समष्टिगत लक्ष्य, विषयगत उदेश्य,रणनिति र प्रमुख कार्यक्रमको अवधारण प्रस्तुत गरिएको थियो ।

त्यस्तै, गाँउपालिकाको स्थानीय स्रोत संकलन टिम मार्फत निर्माणधिन पाश्वचित्रको महत्वपूर्ण तथ्यांक र सुचना प्रस्तुत गरिएको साथै यसमा छुट र त्रुटि भएकोलाई संशोधनको लागि छलफलसमेत भएको थियो ।

कार्यपालिका सदस्य सहितको गोष्ठीले “समृद्ध फाल्गुनन्दः कृषि,पर्यटन,पूर्वाधार र सु–संस्कृत समाज” को नारा सहित ‘कृषिमा व्यावसायिकरण,पर्यटन प्रबर्द्धन,पूर्वाधार विकाश र स्वच्छ वातावरण कायम गर्दै सर्वसुलभ गुणस्तरीय प्राविधिक शिक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने तथा सुशासनको प्रत्याभूति गरि समतामुलक र सु–संस्कृत समाज निर्माण तर्फ उन्मुख हुँदै दिगो विकाशमा जोड दिने ।’ लक्ष्य निर्धारण गरेको छ ।

मध्यकालिन खर्च संरचनाका सूचक निर्धारण,गाँउगौरव आयोजनाको पहिचान र सहमतिको गृहकार्य लगायत विषयवस्तुबारे तत्काल कार्यपालिकाको वैठक बसि यसको ठोस निर्णय सम्वन्धित निकायमा पेश गर्ने अधिकृत तुम्रोकले जनाए ।

पालिका प्रमुख वीरबहादुर कुरुम्वाङको अध्यक्षता तथा प्रमुख अतिथि संविधानसभा सदस्य माननीय अइन्द्र सुन्दर नेम्वाङको आतिथ्यतामा गोष्ठी समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले फाल्गुनन्द गाँउपालिका कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने स्थानीय तह मध्ये प्रवल संभावना रहेको बताए ।

महागुरु फाल्गुनन्दको समाधि स्थल तथा तपोभूमि भएकाले यस ठाँउलाई पर्यटन प्रबर्द्धनको माध्यमबाट आर्थिक उन्नति गर्न सकिने हुँदा गुरुयोजना सहित नीतिगत तरीकाले अगाडि बढ्न सल्लाह दिए । समापनमा बोल्दै गाउँपालिका अध्यक्ष कुरुम्वाङले आगामी दिनमा प्राविधिक ज्ञान सहितको आवधिक योजना निर्माण गरिने बताए ।

उत्पादनमूलक,आर्थिक विकास,पर्यटन प्रबर्द्धन गर्ने,जनताको जीवनस्तर माथि उठाउने, रोजगारी प्रबर्द्धन गर्ने,गरीबी न्यूनीकरण गर्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग र भू-उपयोगलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

विकास निर्माणमा सरोकारवालाको सहभागिताको सुनिश्चितता, वित्तीय अधिकारको समुचित प्रयोग,नतिजामा आधारित योजना प्रक्रिया, स्थानीय सरकारको आवधिक योजनामा लैङ्गिक समानता र समावेशीकरण,सुशासन लगायत विषयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने,`यस क्षेत्रमा दीर्घकालीन सोचाइका परियोजना संचालन गर्ने अवधारणा सहितको पहलमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख भूमिका रहेको छ । ´ विकास निर्माण सबैको साझा हो, त्यसैले हामी एक जुट भएर अघि बढ्न सके गाउँपालिकाको भविस्य सुन्दर रहेको बताउँदै प्रशिक्षण टोलि तथा सहयोगी संस्थालाई समेत धन्यवाद दिए ।

पालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वेले स्वागत मन्तव्यका साथ यसको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय सदस्य तथा गाँउपालिका इनचार्ज प्रेम रिजाल,नेपाली काँग्रेस आमन्त्रित जिल्ला सदस्य तथा गाँउपालिका संयोजक मणिचन्द्र चेम्जोङ,संघिय लिम्बुवान राष्ट्रिय मञ्च प्रतिनिधि सिंहराज नेम्वाङ,जनमुक्ति पार्टी प्रतिनिधि भगिरथ चेम्जोङ लगायतले मन्तव्य राखेका थिए ।

समापनमा सहजकर्ता लिडर महर्जनले भने, स्थानीय सरकारलाई शुरुवातको तीन वर्ष नयाँ संरचना अभ्यासको समय रहेकाले फितलो प्रकृयाले योजना संचालन गरिएको भएता पनि आर्थिक वर्षहरुमा प्रकृयागत ढंगबाट परियोजनाहरु थालनी नगरिए वीत्तीय संकट आउने हुँदा नियम अवलम्बन गर्न ध्यानकर्षण गराए ।

गाउँकार्यपालिकाका सदस्यहरु,जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, शिक्षासेवी, बुद्धिजीवी, पालिकाका  विभिन्न  शाखा प्रमुख तथा कर्मचारी लगायत करिब ७० जनाको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here