अङ्ग्रेजी नयाँ बर्ष स्वागत गरौ ,राष्ट्रिय पोशाक र टोपी दिवस मनाऔं

0
2094

आज राष्ट्रिय टोपी दिवस हो।मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज आठौं राष्ट्रिय पोशाक संरक्षण दिवस देश बिदेशमा नेपाली हरुले मनाइरहेका छौ। आज हाम्रो मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका हो। अब जनवरी १ नयाँ बर्षलाई स्वागत गरेर ,राष्ट्रिय पोशाक तथा टोपि दिवस मनाउनु पर्छ हर नेपालीले।आठौं राष्ट्रिय नेपाली पोशाक संरक्षण दिवस तथा टोपी दिवस आज मनाइरहेका छौ हामी ,अनि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ लाई स्वागत पनि गरिरहेका छौ।राष्ट्रिय नेपाली पोशाक संरक्षण दिवस र टोपी दिवस मनाएर , नयाँ वर्ष लाई स्वागत मात्र गर्ने हो ।

टोपी टाउको ढाक्ने गरी लगाउने कपडा वा टाउको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो टोपीको घेरामाथिको भाग वा चक्का र घेरा हाली सिइएको बस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् ।नेपालीले प्राचिनकालदेखि टोपी लगाउने गरेको पाइन्छ । नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपले नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्रायः सबै थरिका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् ।टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ ।

टोपीलाई शिरपोस पनि भनिन्छ ।यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ ।हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान अब हामी सबैले गर्न जरुरी छ । विदेशमा गएर टाइसुटमा सजिएका युवाहरु र स्वदेशमा रहेर पश्चिमा संस्कृतिमा रमाउँदै तिरमिरे टोपीमा रमाउनेहरुले अब नेपालीको पहिचानलाई जोगाउनु पर्ने बेला आएको छ ।जनवरी १ का दिनमा नेपाली टोपी दिवस मनाइने भएको छ । सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाइरहेको कुरालाई समाजिक सञ्जालहरुमा निकै महत्वको साथमा स्थान दिएको छ प्राय सबै ले ।

राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन अभियानकर्मीहरु सुरु गरिसकेका छन । सो दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा अभियानकर्ताहरुले आग्रह पनि गरेका छन् । वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिए पनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पुर्याउने मैले अपेक्षा राखेको छु ।

यो अभियानमा देश–विदेश र गाउँ सहर जो जहाँ भए पनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गर्द छु । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार–प्रसार गर्न समेत आग्रह गर्द छु ।नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन शुरु गरिएको हो ।

यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रबर्द्धन र प्रसार दिन मद्दत गर्दछ । बिगतका बर्षहरुमा पनि संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरुबाट पाएको सद्भभावना यसपटक पनि प्राप्त हुने कुरामा कुनै दुइमत छैन ।गत बर्ष जस्तै यसपाली पनि १ जनवरी २०२१ का दिन राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउन आ आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ ।

हाम्रो मान, शान र पहिचान नेपाली टोपिलाइ सम्मान गर्ने अभिप्रायले जनवरीको पहिलो दिनलाई टोपी दिवसको रुपमा मनाउ भन्नेजस्ता नाराहरुले निकै चर्चा कमाएको छ ।जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरुमा नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणा रहेको पाइन्छ । तर हामी नेपाली ले चै टोपी दिवस मनाएर नयाँ बर्ष लाई चै स्वागत मात्र गर्ने हो।

जनवरी १ तारिखको दिन नेपाल तथा विश्वभरी छरिएरहेका सम्पूर्ण नेपालीले आ आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ । गोर्खालीको पहिचान हो नेपाली टोपी सामाजिक सन्जालको आजको युगमा नेपाली टोपी लगाएको फोटोलाई सामाजिक सन्जालमा राख्न अनुरोध गरिएको छ ।अंग्रेजी नयाँ बर्षको पहिले मितिलाई साभार गरेर नेपाली टोपी दिवसको सुरुवात गरिएको थियो जुन अत्यन्त सफल पनि भएको छ । यस्तै गत बर्ष हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान, भन्ने मुल नाराका साथ यो दिवस मनाउन सुरु भएको हो।

टोपी दिवसको अवसर पारेर सयौं पुरुषले शिरमा नेपाली ढाका टोपी पहिरिएका थिए । यस्तै उनीहरुले बिभिन्न ठाँउ ठाउँमा र्याली निकालेका थिए । प्रत्यक्षदर्शिले कुनै आन्दोलनको नारावाजी भएको महसुस गरेका थिए । तर, लाईनमा सबैका शिरमा नेपाली टोपी देख्दा कुनै चेतनामुलक र्याली भएको अड्कल काटेर र्यालीमा सहभागी भए।जानकारका अनुसार यो दिवस मुलुककै पहिलो दिवसका रुपमा मनाईएको छ । र्यालीमा सबै उमेरका पुरुषको सहभागीता रहेको थियो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपन प्रवर्द्धन गर्न र देशभित्र पनि टोपी संस्कार विकास गर्न अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइरहेका छौ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्धधन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दी औंदेखि प्रयोग भइरहेको नेपाली टोपी प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले अभियान थालनी गरिएको हो । विश्वमा नेपालीहरुको पहिचान झल्काउने नेपाली ‘ढाका’ टोपीको महत्व धेरै छ ।जुगदेखि नै नेपाली टोपीको पहिचान झल्कदै आएको र ब्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहाँसमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनौ मौलिक महत्व रहेको छ ।तेसैले पनि नेपालमा वर्षेनी टोपी दिवस मनाउनु पर्छ ।

राजधानी लगायत देशैभरी नेपाली टोपीको प्रदर्शन गरी टोपी दिवस मनाउने परम्परा नै बसेको छ यो हाम्रो लागि एक गौरव को कुरा पनि हो ।नेपाली टोपी हाम्रो शिरमा रहँदामात्र हामी नेपाली भएको पहिचान हुने धेरैको भनाई छ । सबै नेपालीले नेपाली टोपीको महत्व बुझ्नु जरुरी छ । टोपी लगाएर पहिचान जोगाईराख्नुपर्ने सुझाव धेरैलाई दिन चाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here