संस्थापकको ३१ औं स्मृति दिवस र विद्यालयको ५७ वार्षिक उत्सव सम्पन्न

0
1139

झापा।

जिल्लाकै पुरानो विद्यालयको रुपमा परिचित डिल्लीराज माध्यमिक विद्यालय झापाले विद्यालयका संस्थापक डिल्लीराज गणेशको ३१ औं स्मति दिवस तथा ५७ वार्र्षिकउत्सव सम्पन्न गरेको छ ।

दाता परिवारका जेठा छोरा तथा विद्यालयका व्यवस्थापन समिति पूर्ब अध्यक्ष गणितप्रसाद गणेशको अध्यक्षता तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा विद्यालयले संस्थापको स्मृति दिवस तथा वार्षिक उत्सव शुक्रवार सम्पन्न गरेको हो ।

२०२० सालमा स्थापना भएको विद्यालयले यस अघि सो ठाउँमा छात्रावासको व्यवस्था सहित शिक्षा प्रदान गर्दै आएको थियो । तर, झापामा विद्यालय खुल्नेक्रम बढेसंगै सो विद्यालयमा सञ्चालन गरिएको छात्रावास अहिले बन्द छ । यस अघि जिल्लाका विभिन्न ठाउँका विद्यार्थीहरु सोही विद्यालयमा अध्यनका लागि छात्रावासमा वसेर अध्ययन गर्दै आएका थिए ।

तत्कालीन पधानपञ्च समेत रहेका डिल्लीराज गणेशले राजा महेन्द्रको गौरीगञ्ज भ्रमणमा आएको समयमा विद्यालय सञ्चालन गर्न सुझाव दिएपछि १० विगाह जमिन विद्यालयलाई प्रदान गर्दै डिल्लीराज माध्यमिक विद्यालय गणेशले स्थापना गरेका थिए । सो क्रममा उनले विद्यालय परिसरमा नै छात्राहरुका लागि २०२८ सालमा मेर्धाना मेमिन छात्रावास सञ्चालन गरेका थिए ।

शिक्षाको श्रीवद्धिमा योगदान दिँदै उनले सो समयमा ८० हजार रुपैयाँ खर्च गर्दै विद्यालय भवन तयार गरेका थिए । सो समयमा उनले ९ कोठे भवन समेत निर्माण गरिएको विद्यालयका संस्थापका जेठाछोरा गणितप्रसाद गणेशले जानकारी दिए ।

सो विद्यालय अहिले गाउँपालिकाकै नमूना विद्यालयको रुपमा तयार हुँदै गएको छ । नमूना विद्यालय निर्माणका लाग संघीय सरकारबाट एक करोड रुपैयाँ वजेट विनियोजन भएपछि विद्यालयले शैक्षिक सहित भौतिक संरचना समेत निर्माण गरिरहेको विद्यालयका सहायक वालकृष्ण न्यौपानेले जानकारी दिए ।

विद्यालयको ५७ औं वार्षिक उत्सव समारोहमा सहभागीले विद्यालयले पछिल्लोसमय उल्लेख्य प्रगति गरेको बताएका छन् । विद्यालयको स्वरुप नै परिवतन भएको भन्दै त्यस क्षेत्रका अभिभावकले समेत प्रसंशा गरेका छन् ।

विद्यालयका संस्थापक गणेशको अर्धकदको शालिकमा माल्र्यापण गर्र्दै शुरु भएको कायक्रममा विद्यालयका प्रधानाध्यापक बीरेन्द्रप्रसाद गुप्ताले विद्यालयले गरेको शैक्षिक गतिविधि सहित भौतिक संरचना निर्माणका विषयमा जानकारी गराएका थिए ।

विद्यालयमा अहिले सुविधासम्पन्न सभाहल सहित प्रधानाध्यापक कक्ष निर्माण,जिन्सी परीक्षा तथा तथ्याङ्क शाखा र आर्थिक लेखा शाखाको व्यवस्थापन, आईसीटी तथा विज्ञान प्रयोगशाला व्यवस्थापन, पूर्णकालीन प्रअ निवासको व्यवस्थापन, शिक्षाक स्टाफ कक्षको व्यवस्थाप, प्रत्येक कक्षा कोठामा सूचना पार्टीको व्यवस्थाप,चार वटा कक्षा कोठामा प्राविधियुक्त उपकरण जडान, स्मार्ट बोर्ड , प््रोजेक्टर आदि जडान गरिएको , सुरक्षा गाडको व्यस्थापन , खेल मैदान व्यवस्थापन, विद्यालयहरुमा विभिन्न उपसमितिहरुबनाई कार्यविभाजनको जिम्वेवारी, वर्ग शिक्षक संयोजक व्यवस्थापन,वाल क्लव,टिन्स क्लव, स्काउट, विद्यालयको मैदानमा भेपर लाइट सहित प्रकाशको व्यवस्था, कोभिड १९ को पूर्व तयारीका साथ दुई सिफ्टमा कक्षा सञ्चालन , नयाँ मोडलको अंग्रेजी कक्षा सञ्चालन, गणित,विज्ञान, कम्प्युटर साइन्स, इलिस मिडियम रअरु नेपालीमा नै अध्ययन गर्ने व्यवस्था मिलाइएको र विभिन्न विषयगत समूह तयार गरिएको बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक गोपिकृष्ण पराजुलीले स्वागत गरेको कायक्रममा विद्यालयले नमूना आठ कोठे शैक्षिक भवन, दोुस्रो निर्माण कार्य,विद्यालय हाताको उत्तर पश्चिमको पक्की वाल निर्माण कार्य , फूलवारी व्यवस्थापन,पुस्तकालय तथा प्राथकिम उपचार शाखाको व्यवस्थापन, शुद्ध खानेपानीको विद्यालयमा नै व्यवस्थापन गरिएको जानकारी गराइएको छ ।

विद्यालयले भावी कार्यक्रमका लागि अघि सारेका योजनाहरुमा व्यवस्थित विज्ञान प्रयोगशालको स्थापन, भैतिक , रसायनिक, जैविक, विद्यालयको चारै तफको घेरावाराको पक्की वाल निर्माण कार्य सम्पन्न गर्ने, सवै कक्षा कोठामा व्यवस्थित फर्निचरको व्यवस्थापन गर्ने, कक्षा ६ देखि १२ सम्मका कक्षा कोठामा स्मार्ट बोर्ड तथा प्रोजेक्टर जडान गर्ने, सवै शिक्षकलाई ल्यावटपको व्यवस्थापन गर्ने, शिक्षकका लागि प्रविधिमय तालिमको व्यवस्थापन गर्ने,सरोकारवालाहरुसंग आवश्यक अन्तरक्रियाको संचालन गर्ने, व्यवस्थित वालमैत्री तथा लैङ्गिक शौचालयको व्यवस्थापन गर्ने, पूर्व शिक्षक कर्मचारी सम्मान , पूर्व विद्यार्थी सम्मान, आमा समूह(वडा र टोलमा समूूूहगत घरधुरी,)सेवा क्षेत्र विद्यालयका प्रअ,विव्यस अध्यक्ष र पीटीए संयोजक सहितको समति निर्माण गर्ने रहेका छन् ।

कायक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकाल, नेपाल शिक्षक महासंघ जिल्ला सचिव तोयानाथ दाहाल, नेपाल शिक्षक संघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल, शिक्षक महासंघ झापा गाउँपाकिला अध्यक्ष जगन्नाथ राजवंशी, निर्वतमान प्रधानाध्यापक भगदेव राजवंशी, पूर्व प्रधानाध्यापक सुन्दरलाल गणेश, सल्लाहकार समिति पूर्व संयोजक लक्ष्मी उप्रेती, व्यवस्थापन समितिका पूर्व अध्यक्ष अनिता केशी, शिक्षक अभिभावकसंघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, रामजानकी आधारभूत विद्यालयका प्रअ उमाराम रिजाल, श्रोत व्यक्ति खड्गप्रसाद खरेल, झापा गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजकुमार यादव,अभिभावक कलाम शेख, विद्यार्थी कोपिला खड्का शिक्षकको तर्फबाट वर्ग शिक्षक संयोजक सुन्दरलाल गणेश लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक देवेन्द्र चन्द्र सिंह राजवंशी, पशुपतिलाल गणेश ,लोचनकुमार यादव तथा गोविन्द प्रसाद राजवंशीले संयुक्त रुपमा गरेका थिए ।

शिक्षक दरवन्दी, प्राविधिक शिक्षाको उनन्यन, विद्यालयको स्रोतको रुपमा रहेको जग्गाको उच्चतम सदुपयोग, शैक्षिक उपलव्धी वृद्धिको लागि गुणस्तर शिक्षा प्रदानमा जोड दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here