ऊँ नमः शिवाय साकोसको आठौ बार्षिक साधारणसभा

0
1324

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै /गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार छ वटा क्षेत्र निर्धारण गरी गत पुस ११ गतेदेखि १८ गतेसम्म क्षेत्रगत साधारण सभा गरी शुक्रबार साधारण सभाको समापन गरेको संस्थाका अध्यक्ष भरतलाल गिरीले बताए ।

छ वटा क्षेत्र निर्धारण गरेर साधारण सभा गरी क्षेत्रगत साधारण सभाबाट प्राप्त सुझावसहित माइन्युट लेखनका लागि शुक्रबार बिर्तामोड –२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा सञ्चालक समिति, लेखा समिति, संस्थापक÷संरक्षक ,सल्लाहकार समिति , कर्जा उपसमिति, इकाई उपसमितिका पदाधिकारी , कर्मचारीसहितको प्रतिनिधीमुलक साधारण सभा गरिएको संस्थाका अध्यक्ष गिरीले बताए ।

संस्थाका अध्यक्ष तथा नेपाल दशनामी समाजका केन्द्रीय संरक्षक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा नेपाल दशनामी समाज झापाका अध्यक्ष खिलबहादुर गिरी (राजुले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल दशनामी समाज झापा महिला समितिकी अध्यक्ष पार्वता गिरी, नेपाल दशनामी समाज झापाका वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरी, अग्रज पत्रकार तथा संस्थाका सल्लाहकार गोपाल गिरी, नेपाल दशनामी समाज केन्द्रिय सल्लाहकार केदारप्रसाद गिरी, दशनामी समाजका ज्येष्ठ सदस्य अम्वरबहादुर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष गिरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक इन्द्रमणि पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शंकर गिरी र केदारबाबु गिरीले माइन्युट लेखनको भुमिका खेलेका थिए भने अनुमानित बजेट लेखा समिति सदस्य राजन गिरी र घनश्याम गिरीले तयार पारेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गिरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर सदस्य एक हजार छ सय ३७ जना, शेयर पुँजी एक करोड ८९ लाख ६९ हजार दुई सय रुपैयाँ , निक्षेप ७७ लाख २८ हजार चार सय पाँच रपैयाँ ४६ पैसा, ऋण लगानी दुई करोड ५७ लाख १० हजार चा सय ९२ रुपैयाँ ३३ पैसा , नाफा १० लाख ३८ हजार पाँच सय सय नौ रुपैयाँ पाँच पैसा रहेको प्रतिवेदनमा छ । संस्थाले सहकारी ऐन तथा नियामावलीमा रहि खातामा शेयर बोनस रकम प्रविष्ट गराएर त्यस खाताबाट ४ सय रुपैयाँ निकास गरी दशकर्म खर्चकोष र प्राकृतिक विपत कोषमा जम्मा गर्ने भएको छ । शेयर वोनस रकम अपुग भएका सदस्यलाई जानकारी गराई रकम जम्मा गर्न अनुरोध गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले शेयर सदस्यलाई औषधि उपचार खर्चको व्यवस्था, प्राकृतिक विपद् राहतको व्यवस्था, दशकर्म खर्च कोषको व्यवस्था, कर्जा वीमाको व्यवस्था, नवजात शिशु वचत , व्यक्तिगत जमानत कर्जाको व्यवस्था ,संकलन केन्द्र विस्तार,लगायतका योजना ल्याएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य तीलक गिरी , संस्थाका सल्लाहकार समिति सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल दशनामी समाज प्रदेश नं. १ का सल्लाहकार संयोजक सहिद पिता केदार सम्शेर गिरी, कार्यसमिति सदस्य तथा ऊँ नमः शिवाय कृषि सहकारीका अध्यक्ष वालकृष्ण गिरी, नेपाल दशनामी समाज झापा सहकोषाध्यक्ष डम्वर वन, संस्थाका कर्जा उपसमितिका संयोजक कुलबहादुर गिरी, सदस्य अर्जुन गिरीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा संस्थाका सल्लाहकार चन्द्रप्रसाद गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here