छिमेकीबीच खुकुरी हानाहान

0
357

इलाम, माघ १८ । इलामको लुम्देमा गएराति sbदुई जना छिमेकीबीच खुकुरी हानाहान हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घरायसी विवादलाई लिएर दुईजनामा खुकुरी हानाहान भएको हो ।

लुम्दे–६ का ६० वर्षीय सत्यराम सेञ्चुरीले सोहीस्थानका कमल राईलाई खुकुरी प्रहार गर्दा राईको बायाँखुट्टामा गम्भीर चोट लागेको छ ।

घाइते राईको इलाममा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । राईको खुट्टा र अन्य भागमा समेत चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने सेञ्चुरीलाई राति नै प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here