दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा कर्मचारी

१७ माघ २०७०, शुक्रबार मा प्रकाशित

चितवन, माघ १७  । दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना फरक रणनीतिका साथ जुटेका छन् । pu

विगतका वर्षहरुमा यस मौसममा चोरी सिकारी बढी हुने गरेको पाइएपछि माघको पहिलो सातादेखि अत्याधुनिक प्रविधिसहित चोरी सिकारी नियन्त्रण अभियान सुरु गरिएको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नन्दा बक्स गणका गणपति चक्रबहादुर शाहका अनुसार निकुञ्जमा दैनिकजसो हवाई गस्तीबाट निगरानी थालिएको छ भने विशेष क्षमताको दुई वटा ड्रोन (मानवरहित विमान)लाई निकुञ्जका विभिन्न क्षेत्रमा परिचालन गरिएको छ ।

ड्रोनको सहायताले तस्बिर लिने काम भइरहेको छ भने हेलिकप्टरबाट दुर्बिनको सहायताले निकुञ्जको अनुगमन गरिएको छ । गणपति शाहका अनुसार विशेष अभियानअन्तर्गत वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि पहिलो पटक निकुञ्जमा तालिम प्राप्त कुकुर परिचालन गरिँदैछ ।

सुरुमा कम्तीमा तीन वटा कुकुर परिचालनका लागि राख्ने घर तयार भइसकेको उहाँले बताउनुभयो । वन्यजन्तुको चोरी सिकारी हुने समयलाई मध्यनजर गर्दै विशेष तालिम प्राप्त थप १०० जना नेपाली सेना निकुञ्ज सुरक्षामा जुटेका छन् । गणपति शाहका अनुसार हाल सञ्चालनमा रहेका ५० वटा स्थायी पोस्टका अतिरिक्त १५ वटा अस्थायी पोस्ट खडा गरी निकुञ्ज सुरक्षाको काम भइरहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले स्थायी पोस्ट नै थपका लागि प्रक्रिया चलिरहेको बताउनुभयो । निकुञ्ज गस्तीका लागि राप्ती नदीको छेउमा सुनाचुरीदेखि नवलपरासीको बगुवनसम्मको ११५ किलोमिटर क्षेत्रमा अस्थायी बाटो निर्माण गरिएको छ भने उत्तर दक्षिण गस्तीका लागि पनि बाटो निर्माण गरिएको छ । ती बाटो हँुदै सवारीसाधन, साइकल र पैदल गस्ती भइरहेको प्रमुख संरक्षण अधिकृत कुँवरले  वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here