सुरुङ्गा कनकाई साकोसको नवौं सभा

0
1196

सुरुङ्गा।

सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कनकाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारणसभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पाठकले आ.व. २०७६/०७७ को समीक्षा र आ.व. २०७७/०७८ को कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य र सहकारी अभियन्ता चम्पा सुवेदीको विशेष आतिथ्यमा भएको कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाका अध्यक्ष ख्यामप्रसाद ओली, सामाजिक अगुवा कोमलप्रसाद पन्त, रामचन्द्र प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

अध्यक्ष पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समितिका संयोजक रुपनारायण खतिवडाले प्रस्तुत गरेको लेखा प्रतिवेदन सभाले पारित गरेको थियो । हाल संस्थामा १ हजार ३ सय ८४ शेयर सदस्य रहेको संस्थाका व्यवस्थापक लीलाकुमारी भुजेलले जानकारी दिइन् ।

संस्थाका सञ्चालक समितिका उपाध्यक्ष कमल मैनालीको स्वागत मन्तव्य रहेको कार्यक्रम कोषाध्यक्ष भीष्म मैनालीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here