कर्मचारीलाई कोरोना भएसँगै दूतावासको काम प्रभावित

0
631

केशव अधिकारी,
अबुधाबी (युएई) ।

कोरोना महामारीका कारण संयुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा कन्सुलर सेवाहरू स्थगित भएको छ । दूताबासका अनुसार केही कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले कन्सुलर सेवाहरू स्थगन गरिएको हो ।

‘सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीमा कोभिड–१९ को संक्रमण भइ आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकोले राजदूतावासमा भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरू मंगलबारदेखि केही समयका लागि स्थगन गरिएको छ,’ सोमबार एक सूचना जारी गर्दै दूतावासले उल्लेख गरेको छ ।

कन्सुलर सेवाअन्तर्गत राहदानी, यात्रा अनुमतिपत्र, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरण सेवा स्थगन गरिएको दूताबासले जनाएको छ । ‘कर्मचारीहरु संक्रमणमुक्त भएको सुनिश्चितता गरी स्थगित सेवाहरू यथाशीघ्र पुनः सुचारु गरिनेछ,’ सूचनामा उल्लेख छ ।

दूतावासका अनुसार अत्यन्त जरूरी एवम् भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरू भने यथावत प्रदान गरिने छ । त्यसका लागि दुतावासको फोनमा सम्पर्क गर्न वा इमेल गर्न पनि सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here