कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

0
1423

काठमाडौं,

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात (ब्रेन ह्याम्रेज) भएको छ। पूर्वमन्त्री जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो।

शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो। जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थालाथलीस्थित् नर्भिक अस्पताल लगिएको उनका सहयोगी सुशान्त आचार्यले बताए। उनको अहिले अपरेशन गर्ने तयारी भइरहेकाे र अवस्था गम्भीर रहेको आचार्यले बताए।

जोशी पूर्वउद्योगमन्त्री हुन्। उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका थिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here