प्रधानमन्त्री ओलीद्वारा कमल खोलामा निर्मित पक्कि पुल उद्घाटन

0
750

उमानाथ भण्डारी,
कमल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको कमल गाउँपालिका वडा नम्वर २ र शिवसताक्षी नगरपालिका वडा नम्वर २ को बिचमा पर्ने कमल खोलामा निर्माण भएको पक्कि पुलको उद्घाटन गर्नु भएको छ ।

साविकको शिवगंज बजार हुदै धरमपुर तोपगाछी को क्याम्पा बजार र लखनपुरको मंगलवारे बजारलाई जोड्ने सडकमा पर्ने पक्कि पुलको उद्घाटन गर्नु भए हो । २०७२ साल माघ ६ गते १६ करोड ६२ लाख ६४ हजार ९ सय ७५ रुपैयामा ठेक्का सौंझौता भई २०७६ साल फागुन २३ गते निर्माण सम्पन्नभएको पुलको लम्वाई १ सय ७० दशमलव ०५ मिटर र चौडाई फुटपाथ सहित ११ मिटर रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले आजै कमल गाउँपालिका वडा नम्वर ७ स्थित झर्कामा नेपाल चाईना फ्रेण्डसीप औद्योगित पार्कको शिलान्यास गर्नु भएको छ भने दमक १० आमवारी जोड्ने सडकमा निर्माण भएको मावा खोलाको पुल समेत उद्धघाटन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिको वडा नम्वर १० ,कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने रतुवा खोलामा निर्माणाधिन पुलको उद्धघाटन गर्नु भएको छ । आजै प्रधानमन्त्री ओलीले दमक १ बाट कमल गाउाँपलिका र ईलामको चुलाचुली जोड्ने रतुवा खोलको पुल उद्धघाटन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका २ स्थित मदन भण्डारी मार्गमा निर्माणाधिन पक्कि पुलको शिलान्यास गर्नु भएको छ ।

कमल गाथा विमोचन

सोहि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कमल गाउँपालिको ईतिहासलाई समेटेर तयार पारेको कमल गाथाको विमोचन गर्नु भएको छ ।

कमल गाउँपालिकामा रहेका विभिन्न चोक बजारको ईतिहास संग जोडिएर नामाकरण गरिएको सम्बन्धमा तयार गरिएको कमल गाथा को परिकल्पनाकार नारायण बस्नेत रचना विजय कुमार अधिकारी, संगित कैलाशथापा मगर, गायक गौरव दर्पण र टिका प्रसाई,छायाङ्कन निकेश बस्नेत, संगित अशोक थापाको रहेको छ ।

कमल गाथा निर्माणमा विषेश सहयोग कमल नगर जेसिज वर्ष अध्यक्ष जेसि छत्रपति खनाल (गोपाल ) र व्यवसायी भरत प्रधानको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here