पर्यटनसंगै होटल ब्यवसायमा चहलपहल, प्रदेश अध्यक्षमा दङगाल

0
847

झापा ।

कोरोना कहरका कारण वर्षदिनसम्म थलापरेको पर्यटन ब्यवसायमा चहलपहल बढ्न थालेको छ । झापासहित पूर्वका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्रय पर्यटकहरुको चहलपहल बढेको हो ।

पूर्वका श्रीअन्तु, कन्याम, जामुनखाडी, दोमुखा, सेल्फि डाँडा, सताक्षिधाम, मिनी माउन्टेनसहितका पूर्वका जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेसंगै होटल ब्यवसायले समेत गति लिन लागेको बताइएको छ । कोरोना महामारीको पट्यारलाग्दो समय र लामो मनसुनका कारण अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्केकाहरू पनि मन बहलाउन निस्किन थालेका छन् ।

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा पनि स्वास्थ्य सावधानी अपनाएर भए पनि पर्यटकीय क्षेत्रमा घुम्न जानेहरुको संख्यामा वृद्धि भएको बताइएको छ । यता व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको र पछिल्लो समय ब्यपारमा वृद्धि भएको होटल ब्यवसायीसंघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । ठप्प अवस्थामा रहेको होटल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म राहत मिलेको उनको भनाई छ ।

यसैबीच होटल व्यवसायी महासंघ प्रदेश–१ को प्रथम महाधिवेशन सोमबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश–१ का १४ वटै जिल्लाका ब्यवसायीहरको सहभागितामा महाधिवेशन भएको हो । महाधिवेशनमा बोल्दै होटल ब्यवसायीहरले आफूहरको ब्यवसाय पर्यटनसंग जोडिएको र पर्यटन प्रर्वद्धनसगै होटलहरुको ब्यवसायीकरणमा सरकारले ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए । प्रदेश–१ मा १५ हजार होटल ब्यवसायी रहेका छन् । साना, मझौला र ठूला गरी होटल तीन समूहमा विभाजन गरिएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अथिती बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले होटल ब्यवसायको सिप विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटकलाई आकर्षण गर्ने विषयमा ध्यान दिन आग्रह गर्दै होटलमा हुने विकृति विरुद्ध ब्यवसायी आफैं सचेत बन्नु पर्ने बताए ।

पर्यटन बोर्डका कृष्ण साहले होटल ब्यवसाय र पर्यटन एक अर्काको परिपुरक भएको बताए । उनले कोरोनाका कारण थलापरेको पर्यटन र होटल ब्यवसाय लयमा फर्किन थालेको बताए । त्यस्तै होटल ब्यवसायी महासंघका केन्द्रिय सचिव राजु गौतमले सरकारले होटल ब्यवसायीको विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिए । कोरोनाको कहरका कारण होटल ब्यवसाय नराम्ररी थलापरेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे ।

कार्यक्रममा टाइगर ब्रोअरीका निराजन प्रसाई, पर्यटन पुर्नउत्थान समितिका संयोजक, आन्तरिक राजश्व कार्यालयका प्रमुख, चेम्बर अफ कर्मशका अध्यक्ष लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रदेश अध्यक्ष मणिन्द्रबहादुर कटुवालको अध्यक्षतामा कार्यक्रममा स्वागत उपाध्यक्ष पदमकुमारी गुरुङ, धन्यवाद ज्ञापन होटल ब्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल र सञ्चाल प्रदेश–१ का महासचिव लिला लावतीले गरेका थिए ।

प्रदेश अध्यक्षमा दङगाल

होटल व्यवसायी महासंघ प्रदेश–१ को प्रथम महाधिवेशनले राजेन्द्र दङगालको अध्यक्षतामा १६ सदस्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङगाना, तीन उपाध्यक्षमा गोविन्द थापा, देवीप्रसाद पौडेल र जेपी राई, महासचिवमा बासुदेव बराल, सचिवमा शिवकुमार अधिकारी,सहसचिव दिलकुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेम सापकोटा, लालबहादुर श्रेष्ठ, मोक्षरत्न पोख्रेल, पुनम थापामगर,पदमलाल लम्साल र विमल भण्डारी, दिनेश खवास रहेका छन् । समिति २१ सदस्यको हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here