महिलालाई प्रस्तावना तथा माइन्युट लेखन तालिम

0
937

बिर्तामोड ।

उन्नतीशील महिला समूह बिर्तामोड –५ को आयोजनामा पाँच दिवसिय प्रस्तावना तथा माइन्युट लेखन तालिम शुक्रबारबाट शुरु भएको छ ।

समूहकी अध्यक्ष उमा तिम्सिना मिश्रको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको तालिममा समूहकी उपाध्यक्ष यसोदा कार्की बस्नेतले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड –५ कार्यपालिका सदस्य भावना आचार्य घिमिरे , न्युटन्स टोल विकास संस्थाका अध्यक्ष लवकुमार चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा समूहका ४० जनाभन्दा वढी महिलाको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र सञ्चारकर्मी स्वस्तिका आचार्यले गरिरहेका छन् ।

कार्यक्रमको सञ्चालन समूहकी सल्लाहकार अस्मिता खनालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here