फराकिलो सडक : सुविधा कि सास्ती ?

0
916

कुनै बेलाको ब्यस्त बिर्तामोडस्थित अदुवा पुलमा मानिसहरुलाई ओहोर–दोहोर गर्न सास्ती हुनेगथ्र्यो । बाक्लो यातायातले गर्दा र साँघुुरो सडकले गर्दा पैदलयात्रुलाई निकै सकस थियो । त्यही माथि बढ्दै गएको अटो, सिटी सफारी र दुई चक्के सवारीसाधनको चापले जीर्ण हुँदै गएको अदुवा पुलले थेग्नै नसक्ने गरी भार बहन गथ्र्यो ।

बिर्तामोडबासी तथा सवारी चालकहरु पनि यस अदुवा पुलको बिकल्प सोचेर फराकिलो सडक बनाउन पहल गरिरहेका थिए । त्यही सिलसिलामा प्राइभेट लगानीमा अदुवा खोलाको उत्तर र दक्षिणपट्टी पैदल यात्रुलाई सहज यात्रा गराउन फलामे वैकल्पिक पुलको निर्माण गरियो । पैदल यात्रुहरु त्यही वैकल्पिक पुल प्रयोग गरिरहँदा अर्कातर्फ बाक्लो सवारीसाधनले सानो भए पनि ट्राफिक जामको सास्ती भोगिरहनु प¥यो । यही कुरा मध्यनजर गर्दै र फराकिलो संरचना निर्माणार्थ बिर्तामोड नगरपालिकाले अदुवा पुलको उत्तर र दक्षिण तर्फ नयाँ पुल निर्माण गर्न ठेक्काको कोटेसन खुलायो ।

प्रक्रियागत रुपमा ठेकेदार पक्षसँग सम्झौता गरी करिब दुई बर्षमा निर्माण सम्पन्न हुने गरी काम द्रूतगतिमा अगाडि बढिरह्यो । गत माघ महिनामा निर्माण कम्पनीले निर्माण पक्षका सम्पूर्ण काम सकेर पुल स्थानीय निकायलाई जिम्मा लगाइसकेको छ ।

समयमा पुल निर्माण सकाएर अहिले अदुवा पुलले नया ँस्वरुप पाएको छ । खुल्ला सडक भएर पैदल यात्रुलाई सडक छेउबाट यात्रा गर्न सहज भएको छ भने यात्रुबाहक सवारीहरु बस, अटो रिक्सा, सिटी सफारी, ट्रक–ट्याक्टर आदि सहजै आवत–जावत गर्ने गरेका छन् । अहिले बिर्तामोडमा मुक्ति चोकबाट पश्चिम् लागेपछि पहिला जस्तो अदुवा खोलाको पुलमा जाम र भिडभाड हँुदैन । जनताले सास्ती फेर्नुपरेको छैन । निर्धक्क सवारीसाधन चलिरहेका छन् ।

तर, यी सबै बाबजुत बाटो काट्ने बटुवालाई सडक काट्न जेब्रा क्रसिङ्ग नहुँदा ड्राइभरहरुलाई लेन अनुशासन र निश्चित निरीक्षण नहुँदा चौडा सडक र तीन वटा पुल हँुदा पनि सास्ती व्यहोर्नु परिरहेको छ । यातायात चलाउन जति सजिलो छ, त्यति नै असहज द्रूत सवारीले जीवन वा वस्तुगत क्षति नदिएला भन्न सकिँदैन । पूर्णरुपमा सञ्चालन रहेको यस अदुवा पुलमा नियमन निकाय, ट्राफिक प्रहरी र नगरपालिकाको चासो बढाउन जरुरी रहेको छ । जथाभावी बाटो क्रस गर्दाको बटुवालाई चुनौति उत्तिकै थपिएको छ । गाडिहरुको स्पिड कम नहुनु र स्पिड संकेत राखिएको ट्राफिक सूचनाको पोल नहुँदा सवारी गति बढेसँगै बाटो काट्नेलाई सास्ती छ । तसर्थ, जेब्रा क्रसिङ्ग र सूचनामूलक बोर्ड राख्नसके बाटो काट्ने यात्रुहरुलाई दुर्घटना जोखिम कम हुने थियो ।

अर्को पक्ष लेन अनुशासन नबनाइँदा पश्चिम स्टेण्डमा गाडीहरु जथाभावी यात्रु चाढाउने र उतार्ने गरेका छन् । लोकल र नन्–स्टपको लाइन निर्धारण गर्न अत्यावश्यक छ । अदुवा पुल पश्चिमतर्फ रहेको पश्चिम बस स्टेण्डलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी रहेको छ । पश्चिम तर्फको ट्याक्सी स्टेण्डको उचित व्यवस्थापन गर्न सके सडक पूर्ण रुपमा खुल्ला र सहज देखिने थियो ।

पूर्वबाट आउने यात्रुबाहक सवारीलाई एकतर्फी दक्षिणपट्टिको पुलबाट व्यवस्थापन गर्दै लेन अनुशासन सिकाउन जरुरी छ । बीचबाट निजी सवारी र बिर्तामोड पश्चिम बस स्टेण्डमा रोक्न नचाहने सवारीहरु आवत–जावत गर्न दिए उत्तम हुनेछ । उत्तरतर्फको पुलबाट लोकल वा भाडाका सवारी यात्रुबाहक बसहरु चलाउँदै पश्चिमबाट पूर्व जाँदा उत्तम हुनेछ ।

कृष्ण हलतर्फ छिर्ने सानो गल्ली सडक अगाडिको कल्भर्ट मर्मत गरी चौडाई फराकिलो बनाएर त्यता छिर्ने र एक तर्फी लेन व्यवस्थापन गरेर मुक्ति चौकबाट यु–टर्न लिन मिल्ने एकतर्फी लेन व्यवस्था बिकास गर्न सके भविष्यको जोखिम न्यूनीकरण हुनेछ । अन्यथा सडक सहज र फराकिलो भयो, तर जोखिम उत्तिकै बढ्ने भयो भने सर्वसाधारण जनतालाई फराकिलो सडक सुविधा होइन सास्ती हुनेछ । त्यसैले लेन व्यवस्थापन, अनुशासन र जोखिम न्यूनीकरण गर्न अदुवा पुलको आजको आवश्यकता रहेको छ । सम्बधित निकायमा ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here