आश्रमका वृद्ध वृद्धा र वालवालिकालाई सहयोग

0
1457

झापा,

बिर्तामोड नगरपालिका – ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालनमा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई माता सविता आर्चायले सहयोग गर्नु भएको छ ।
२०६७ सालदेखि सञ्चालनमा रहेको आश्रममा अहिले १४ जना वृद्ध वृद्धाले आश्रय लिइरहेका छन् । उनीहरुलाई इटहरी निवासी माताले आश्रममा नै पुगेर खाद्यन्य सहयोग गर्नु भएको हो । आश्रमका जग्गा दाता गुरु प्रसाद ओझाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सबै वृद्धवृद्धालाई फलफूल सहित खाद्यन्य वितरण गरिएको हो ।
सहयोग वितरणका लागि आश्रम पुग्नु भएकी माताले आश्रमलाई सबैले सहयोग गर्नु पर्ने र यहाँ रहेका वृद्ध वृद्धालाई आफ्नै माता पिता सरह व्यवहार गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
त्यस्तै बिर्तामोडमा नै रहेको अर्काे आश्रम तारा नमस्ते वालग्रामका वालवालिकालाई समेत माता आचार्यले सहयाग गर्नु भएको हो । उहाँले त्यहाँ रहेका सबै वालवालिकालाई फलफूल सहित खाद्यन्य सहयोग गर्नु भएको हो ।
यस अघि माता आचार्यले मोरङ, सुनसरी सहित नेपालका विभिन्न आश्रममा पुगेर वालवालिका र वृद्ध वृद्धालाई सहयोग गर्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here