बिर्तामोडमा एलिसा सटिङ

0
293

झापा ।

पछिल्लो समय सिप सिक्ने र स्वरोजगार बन्नेतर्फ युवा प्रेरित हुँदै गएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणले विदेश पलायन हुने युवा स्वदेशमा नै आत्मनिर्भरताको बाटो खोज्न थालेका छन् । अझ त्यसमा पनि पछिल्लो समय टेलरिङ व्यवसायमा झुकाव राख्नेको संख्या अधिक छ । सिलाइ–बुनाइमा युवा पुस्ता आकर्षित बन्दै गएको छ ।

बिर्तामोडस्थित विशाल बजारभित्र झण्डै ५० लाख रुपैयाँको लागतमा काजी ठटालले एलिसा सटिङ सुटिङ तथा टेलरिङ हाउस सञ्चालनमा ल्याएका छन् । प्रदेश सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच टेलरिङ हाउसको उद्घाटन गरिएको थियो ।

सो समारोहमा मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वलराम कार्की, तरुणदलका कोषाध्यक्ष काजी चौहान, साइनो सटिङ सुटिङका सञ्चालक श्याम बस्नेत, टेलरिङ व्यवसायीहरु हरि नेपाली, दिलीप सुन्दास लगायतको आतिथ्य रहेको थियो । टेलरिङ हाउसका सञ्चालक काजी ठटालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोविन्द कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here