डाँगी सेवा निवृत्त :आचार्य बने प्रअ

0
916

लक्ष्मीपुर ।

झापाको कनकाई ७, दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलचन्द्र डाँगी सेवानिवृत्त भएका छन् ।

विद्यालयमा आयोजित एक समारोहकावीच प्रधानाध्यापक डाँगीले दोस्रो वरियाता क्रममा रहेका माध्यमिक तृतीय श्रेणीका शिक्षक चण्डिकाप्रसाद उपाध्याय आचार्यलाई नियमानुसार प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने गरि पत्र हस्तान्तरण गरेका थिए ।

आचार्यले आइतवारदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन् । सेवानिवृत्त प्रधानाध्यापक डाँगी सोही विद्यालयको माध्यमिक शिक्षक पदमा २०४६ सालमा अस्थायी नियुक्ति पाई २०६३ सालमा स्थायी शिक्षक भएका थिए । उनि गएको फागुन १३ गतेदेखि वैशाक ४ गतेसम्म ५२ दिन मात्र प्रधानाध्यापकको पदमा रहेका थिए ।

नवनियुक्त प्रधानाध्यापक आचार्य २०५५ सालदेखि अस्थायी रुपमा माध्यमिक तहको वीएस्सी शिक्षकको रुपमा शिक्षण सेवामा प्रवेश गरेका थिए । उनी २०६३ सालमा कार्तिक १३ देखि माध्यमिक तह तृतीय श्रेणीको गणित विज्ञान विषय शिक्षकको रुपमा स्थायी भएका थिए । उनी २०७२ साउनदेखि भृकुटी माविमा सोही तह र विषय शिक्षकका रुपमा कार्यरत रहेका छन् ।

इलामको नामसालिङमा पिता छविलाल र माता कौशिला आचार्य कोखवाट जन्मेका उनी गणित र विज्ञानमा स्नातक र अर्थशास्त्र विषयमा स्नातकोेत्तर हुन् । कुशल र मिजासिलो प्रशासकको रुपमा परिचित उनको कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य प्रगति हुने अपेक्षा अभिभावक तथा सरोकारवालहरुले गरेको वताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here