लुम्बिनी विकास बैंकका झापामा एकै पटक दुई वटा शाखा विस्तार

0
1280

 

झापा,  लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँका
वैंकिङ सेवा पु¥याएको छ । ग्राहकहरुलाई सहज रुपमा सेवा पु¥याउने उद्घेश्यले झापा सहित नवलपुरको कावासोतीमा समेत सेवा विस्तार गरेको छ ।

बिर्तामोड नगरपालिका ४ भद्रपुर रोडमा वैंकले शाखा विस्तार गरेको छ भने
दमक नगरपालिका ६ थाना रोडमा समेत शाखा विस्तार गरेको हो । त्यस्तै
नवलपुरको कावासोती नगरपालिका सभापती चोकमा कावासोती शाखा बिस्तार गरेको हो ।
बिकास बैंकको बिर्तामोड शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष श्रीमान दशरथ रिसाल र उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीले संयुक्त रुपमा गरेका थिए । त्यस्तै दमक शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक केशब खतिवडा र दमक नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष टेक बहादुर थापाले गरेका छन् । उता कावासोती शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई तथा उद्योग वाण्ज्यि संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

बिकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ ।

२०७७ चैत मसान्त सम्ममा बिकास बैंकले कुल कर्जा रु ३२ अर्ब ३ करोड प्रवाह गरीे रु ३४ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ ।
“निरन्तर सहयात्रा” भन्ने नाराका साथ यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एवीवीएस, मोवाइल बैकिङ, एटीएम् लकर लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । आफ्ना सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।
काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको वैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत पवन ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here