पहिलो डेटमा सुरुका १२ मिनेट निर्णायक

0
897

first-date

तपाई फष्ट डेटमा जाँदै हुनुहुन्छ ? त्यसो भए ख्याल गर्नुहोस तपाईले सुरुका १२ मिनेटमै पार्टनरलाई प्रभावित गरिसक्नुपर्ने छ नत्र तपाईको डेट फिका सावित हुने छ ।हालै सार्वजनिक भएको एक अनुसन्धान रिपोर्टले पहिलो डेटिङका बेला सुरु १२ मिनेट नै निर्णायक हुने तथ्य खुलाएको छ ।पहिलो डेट भन्नासाथ आफ्नो सम्भावित पार्टनरलाई कसरी प्रभावित गर्ने भन्ने कुरामा सवैभन्दा बढि ध्यान जान्छ । पहिलो डेटमा जाँदा मानिसहरु आफ्नो पहिरन, हेयरकट लगायतका कुरामा ध्यान दिन्छन् ।तर, नयाँ अनुसन्धानले यी सवै कुराको भूमिका कम हुने बरु मिठो मुस्कान सवैभन्दा शक्तिशाली हुने तथ्य सार्वजनिक गरेको छ । त्यसपछि आँखाको भाका र बोलीको मिठासले महत्वपूर्ण भूमिका खेल्ने छ ।अनुसन्धानका अनुसार पार्टनरलाई प्रभावित गर्नमा ६४ प्रतिशत मुस्कानको भूमिका हुन्छ भने ५८ प्रतिशत आँखाको भाका अर्थात आइ कन्ट्याक्टको । यस्तै सुगन्धित श्वासको भूमीका ४५ प्रतिशत, वोलीको २५ प्रतिशत र तपाईले लगाएको पहिरनको भूमीका मात्र २३ प्रतिशत हुने देखिएको छ ।सम्बन्धका यी सुरुवाती मिनेटमा तपाईले जस्तो प्रभाव छोड्नुभयो त्यसले बाँकी जीवनमा निकै महत्वपूर्ण भूमिका खेल्ने अध्ययनले सुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here