रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

0
483

रोल्पा, 

कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो ।

रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ”, उहाँको भनाइ थियो ।

“जिल्ला अस्पतलामा दिनहुँ १०÷१२ का दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन् । बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्”, डा वलीले भन्नुभयो । ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रस्त भएका हुन् ।

“एक्कासि हनहनी ज्वरो आएपछि कोरोनाको आशङ्कामा आत्तिएर अस्पताल पुगँे”, रोल्पा नगरपालिका–२ का भरत महराले भन्नुभयो, “कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिम आयो”। ज्वरो आउने, टाउको दुख्ने तथा रुघाखोकी लाग्ने समस्या देखिँदा कोरोनाको आशङ्कामा परिवार तथा छरछिमेकमा समेत त्रास सिर्जना गरेको छ”, महराले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here