टोयोटाको गाडी साट्ने अफर

0
376

बिर्तामोड ।

गाडी उत्पादनमा विश्वमा प्रख्याती कमाएको टोयोटा गाडीको एक्सचेञ्ज सुविधा झापाको बिर्तामोडमा पनि उपलब्ध भएको छ ।

बिर्तामोडस्थित टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकले सोमबारबाट सात दिने ‘टोयोटा एक्सचेञ्ज कार्निभ’ शुरु गरेको सञ्चालक राजेश उप्रेतीले जानकारी दिए ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का असिस्टेन्ट जनरल म्यानेजर जयनारायण यादवका अनुसार कम्पनीले आफ्नो नेपालभर रहेका टोयोटा सोरुमहरुमा भदौ २८ देखि असोज ३ गतेसम्म उक्त एक्सचेञ्ज कार्यक्रम सञ्चालन गर्ने बताए ।

एक कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, युटिएसका असिस्टेन्ट जनरल म्यानेजर यादव, नेपाल चेम्बर्स अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, सञ्चालक उप्रेती, महिला उद्यमी पार्वता खरेल बिमली लगायतले एक्सचेञ्ज कार्निभलको उद्घाटन गरेका थिए ।

नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोजस्ता मोडलसँग पुरानो गाडी ल्याएर ग्राहकले एक्सचेन्ज गर्न सक्ने उप्रेतीले बताए । उक्त एक्सचेन्जमा ग्राहकले आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस एक्सचेन्ज कार्निभलमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मूल्यांकन, आकर्षक गिफ्ट प्याकेज तथा लक्की–ड्र मार्फत होटल प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here