इलाममा सहकारीद्वारा उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा अन्तरक्रिया

0
475

झापा ।

इलाममा सहकारीद्वारा उत्पादन,प्रशोधन र बजारीकरणको क्षेत्रमा विद्यमान समस्याको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश–१ थोक उपभोक्ता विशिष्टिकृत सहकारीसंघ लिमिटेड दमक, झापाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड इलाम शाखा, राष्ट्रिय सहकारी बैक लिमिटेड फिदिम शाखाको सहकार्यमा इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सदस्यहरुको उत्पादन प्रशोधन र बजारीकरणको क्षेत्रमा विद्यमान अवस्थाबारे छलफल भएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैँक लिमिटेडका निवर्तमान अध्यक्ष रमेश पोख्रेल, सहकारी बैकका सञ्चालक महेन्द्रकुमार गिरी, नेफ्सकुनका पूर्व कार्यकारी प्रमुख तथा सहकारी विज्ञ कुबेर निरौला, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल लयायत पाँचथर र इलामका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्यहरुको उत्पादन प्रशोधन र बजारीकरणको क्षेत्रमा अहिलेको विद्यमान अवस्थामा संस्थाले कस्तो भूमिका खेल्न सक्छौ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा विभिन्न सहकारीका प्रतिनिधिहरुले आफ्नो भनाई, समस्या, जिज्ञासा राखेका थिए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैँक लिमिटेडका निवर्तमान अध्यक्ष रमेश पोख्रेल, राष्ट्रिय सहकारी बैक फिदिम शाखा प्रमुख बुद्धराम बल लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै थोक प्रदेश–१ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड दमक, झापाका सञ्चालक प्रेम सापकोटाले सदस्यहरुको उत्पादनलाई व्यवस्थित तरिकाले बजारसम्म पु¥याउन र बाहिरको नाफाभन्दा सदस्यहरुलाई बढी नाफा हुने, बजारको अभाव नहुने, खरिद र विक्री गर्नमा सदस्यहरुलाई सजिलो उद्देश्यले व्यवसायिक संस्था दर्ता गरिसकेको भन्दै सबै संघ सस्थालाई आवद्ध हुन अपिल गरे ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड इलाम शाखाले इलाम जिल्लामा कार्यक्षेत्र रहेका उत्कृष्ठ दुई वटा सहकारीलाई सम्मान गरेको थियो । कार्यक्रमलाई मनोज लामीछाने सहजिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here