‘उत्तरी नाकामा भएको अवरोधको कारण ब्यावसयीको करोडौं रकम डुब्दै’

0
484

झापा ।

दशैंका लागि नेपाली व्यापारीहरुले ल्याउन लागेको करौंडौ मूल्यका सामानहरु चिनको स्वसासित क्षेत्र तिब्बतको खास क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा करिव १ हजार मालबाहक गाडीहरु चिनिया पक्षले विनाकरण रोकेर नेपाली व्यापारीहरुलाई दुःख दिइरहेका छन् । दशै र दिपावलीको लागि ल्याइएका लताकपडा , विधुतीय सामान , स्याउ जस्ता सामान बोकेका कन्टेनर रोकेर चिनिया पक्षले दुःख दिइरहेको हिमालयन सिमा पार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले वताएका छन् । चिनीया नाकामा सामान रोकिदा व्यापारलाई प्रभावित पारेको छ । चिनिया पक्षको विभिन्न वाहानामा गरिएको अवरोधका कारण दशै र दिपावलीका लागि आएका सामान रोकिएका छन् ।

तातोपानी र रसुवा नाकाबाट विगत ६ वर्ष देखि नै चिनिया पक्षले अवरोध गर्दै आईरहेका छन् नेपालीले चिनमा खरिद गरेका सामान ल्याउन सिमित मात्रामा दिएपनि यताको व्यापारिक वस्तु चिनमा बेच्न पनी चिनिया पक्षले अवरोध गरिरहेको छ । दुवै नाकाबाट नेपालीहरुको आउजाउमा समेत चिनिया पक्षले अघोषित प्रतिबन्ध लगाएको छ । सिमा भन्सार उच्च पदाधिकारीहरु विच पनि २ वर्ष देखि बैठक बस्न सकेको छैन । चिनसंग जोडिएका यि दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरेपनि आयात निर्यातमा देखिएको समस्या हल गर्न चिनिया पक्षले आनाकानी गरिरहेको छ । यसको प्रभाव सवैभन्दा बढी व्यापारिक कारोवारमा देखिएको छ । दशैं र दिपावलीमा सवैभन्दा बढी कारोबार हुने बेलामा चिनिया पक्षको कारण सामान रोकिदा व्यवसायिहरु मारमा परेको व्यवसायीको गुनासो छ ।

नेपालसंग सिमा जोडिएका नाका केरुङ्ग र तातोपानीबाट चिनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिइरहेको छ । कोरोना भाईरस महामारी लाई कारण देखाएर औसत १० , १० कन्नेपालसंग सिमा जोडिएका नाका केरुङ्ग र तातोपानीबाट चिनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिइरहेको छ । कोरोना भाईरस महामारी लाई कारण देखाएर औसत १० , १० कन्टेनर सामान मात्र तातोपानी र केरुङ्ग नाकाबाट भित्रन दिइरहेको छ । चिनिया पक्षले कोरोना महामारीलाई कारण देखाउंदै सिमा नाकामा अवरोध गर्दै आईरहेको छ । व्यवसायीहरु यस अवरोधलाई अघोषित नाकाबन्दी भन्दै आइरहेका छन् । झन नेपालबाट निर्यात हुने सामानमा त चिनिया पक्षले पुरै ठप्प पारेका छन् । यसबाट निर्यातकर्ता व्यापारीले झन ठूलो घाटा व्यर्होनु परिरहेको छ ।

पूर्व प्रधानमन्त्रि के.पि शर्मा ओलीको पहिलो क्रार्यकालमा चिनसंग भएको व्यापार तथा पारवहन सम्झौता पनी चिनले यो वा त्यो वाहाना गर्दै नाकामा अवरोध सिर्जना गरिरहेको छ । कहिले भौगोलिक अवस्था , कहिले कोरोना भाइरस र कहिले जिर्ण सडकलाई कारण देखाउंदै अवरोध गर्ने गरेको व्यवसायिहरु बताउंछन् । लकडाउन अवधिमा २ महिना पुरै नाका ठप्प पारेको चिनिया पक्षले लकडाउन खुले पनि नाकामा अवरोध कायमै राखेको छ । चिनले नाका बन्द गर्दा चाडपर्व लक्षित करिव एकहजार कन्टेनर चिनिया बाटोमै अलपत्र परेका छन्् । नेपाली व्यवसायीले किनेर ल्याएका सामान बोकेका गाडी नेपाल पस्न नदिएपछि नेपाली व्यवसायिको करौंडौ रुपैया डुब्न लागेको छ ।

यसरी सिर्जना भएको चिनिया पक्षको अवरोधलाई हल गर्न नेपाल सरकारबाट अहिले सम्म कुनै पहल कदमी नर्गनु पनि आश्चर्यको विषय बनेको छ । कृषि सामाग्री कम्पनि लिमिटेडले चिनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल समेत नेपाल भित्रन दिएको छैन । यसरी चिनले नेपाल तर्फ प्रवेश गर्ने करोडौं मूल्यको सामान र मल रोकेर नेपालको अर्थतन्त्रलाई धक्कादिन खोजिरहेको छ । नेपालबाट निर्यात समेत गर्न नदिएपछि नेपालको अर्थतन्त्र अस्थिर बन्ने संकेत देखिएको छ । कतिपयले चिनले जानी जानी यो सब गरिरहेको गुनासो गरिरहेका छन् ।चीन सरकारको यहि अवरोध को कारण ब्यावसयी हरुको करोडौं रुपैया डुब्न लागेको लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here