शुक्रबारे–सुखानी बैकल्पिक सडक सन्चालन हुने

0
749

विमल दहाल, इलाम ।

कालोपत्रे सडक निर्माणको प्रक्रियामा रहेको शुक्रबारे–बुढीसुखानी सडकको बैकल्पिक सडक सन्चालन हुने भएको छ।

सोमबार माई नगरका मेयर दिपककुमार थेवेको नेतृत्वमा शुक्रबारे–धरमपुर–कट्टेलटार–गंगटे–देउराली हुदै बुढीसुखानी सम्मको ९.२ किलोमिटर बैकल्पिक सडकको अमुगमन गरिएसगैं यहि हप्ताबाट बैकल्पिक सडकबाट यातायात सन्चालन हुने बताईएको हो । मेयर थेबेका अनुसार आगामी तीन दिनमा केही स्थानको सडक मर्मत पछी बैकल्पिक सडकबाट सबै यातायात सन्चालन गरिने बताईएको छ।

शुक्रबारेको लखनचौकबाट ज्यामोदर हुदै बुढीसुखानी सम्मको ७.२ किलोमिटरमा आगामी चैत्र सम्ममा कालोपत्रे निर्माण गरि सकिने सडक निर्माण कम्पनी हिम्दुङ्ग थोकर कन्ट्रक्सनका प्रतिनिधि ज्ञानबहादुर लामाले जानकारी दिनुभयो। सोमबार भएको अनुगमनमा मेयर थेबे, निर्माण ब्यवसायी लामा, माईका ईन्जिनियर असिम भण्डारी, वडाध्यक्ष सुर्य प्रसाद दुलाल, राष्ट्रिय युबा संघ माईका अध्यक्ष कुमार लिम्बू, सदस्य युबराज पौड्याल, पत्रकार विमल दहाल लगायतको सहभागिता रहेको थियो।

निर्माण कार्य भईरहेको शुक्रबारे-ज्यामोदर-बुढीसुखानी सडकमा यातयात करिब चारमहिना बन्द गर्नुपर्ने निर्माण कम्पनीले जनाएको छ। यो सडकमा पाँचथरको रवि, इलामको माङ्सेबुङ्ग, मंगलबारे, जीतपुर, सिद्धिथुम्का, चिसापानी, महमाई,दानाबारी लगायत क्षेत्रबाट सयौका संख्यामा यातायातका साधन सञ्चालन हुने गरेको छ।

प्रदेश सरकारको लगानीमा २ बर्ष अघि तत्कालीन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो मौसमले शिलन्यास गरेको बिर्तामोड –राजदुबाली सडक अन्तर्गतको बुढीसुखानी देखि लोदिया खोला सम्मको १४.७ किलो मिटर बाटोको ४५ करोड ४६ लाखको लगानीमा ठेक्का लागेको थियो।

अहिले लखनचौक देखि लोदिया खोला सम्मको ७.५ किलोमिटर सडक कालोपत्रे भई सकेको छ । शुक्रबारे बाट बुढी सुखानी सम्मको क्षेत्रमा भने कटिङ, वाल र नालि निर्माण भई रहेको जनाईएको छ।

हिम्दुङ एन्ड थोकर कन्ट्रक्सनले निर्माण गरिरहेको सडकमा केही दिन अघि गुणस्तर कमसल भएको भन्दै प्रदेश साँसद काजीमान कागते समक्ष स्थानीयले गुनासो गरेपछी साँसद कागतेले निर्माण कम्पनीका ईन्जिनियर रोहित पौड्याललाई सडकमै बोलाई सडक निर्माणका बारेमा जानकारी लिनुभएको थियो।

इन्जिनियर पौड्यालले ग्रेड कटिङ पछि सबबेस २० सेन्टीमिटर, क्रसर बेस २० सेन्टीमिटर गरिएको बताउनुभयो। सडकमा प्राईमकोट ४५ प्रतिशत मट्टितेल र ५५ प्रतिशत अलकत्र मिसाएर १७० डिग्री सेल्सियस तातो बनाई बेस बनाईने तथा दोस्रो दिन फष्ट कोड २० एमएमको ढुंगा ६५ प्रतिशत अलकत्र र ३५ प्रतिशत मट्टितेल मिसाई बनाईएको जानकारी दिनुभयो।

फष्टकोड बनाएको दुई दिन पछि पुन ६५–३५ कै रेसियोमा १० एमएमको ढुंगा राखि सेकेन्ड कोडको कार्य भएको जानकारी दिदै स्टमेट अनुसार नभएको पाईएमा जस्तो सुकै कार्बाही भोग्न निर्माण कम्पनी तयार रहेको बताउनुभयो ।

इन्जिनियर पौड्यालले तीन देखि पाँच बर्षको अन्तरालमा अलकत्र लगाएर १० एमएमको ढुङ्गा लगाई थप्दै जानु पर्ने डिबिएसडि मोडलको सडक भएको जानकारी दिनुभयो । पौड्यालले अहिले सडक सेतो देखिए पनि यातायातका साधनले थिच्दै जाँदा कालोपत्रे मजबुत बन्ने जानकारी दिनुभएको थियो ।

उहाँले सरोकारवालामा स्टमेट अनुसारकै काम भएकाले गलत प्रचार नगर्न आग्रह गर्नुभएको थियो। आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने संझौता अनुसार समयमानै निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ।

यता निर्माण भई सकेको कालोपत्रे ६ महिनामै खाल्टो परेको, गुणस्तर कम भएको, नालि र वाल कमसल भएको लगायतका आरोप स्थानीयले लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here