जन्मदिनमा अभिनवन केन्द्रको स्थापना

0
292

कर्णाली,

पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने होड जताततै चलेको पाइन्छ । जन्मदिनको महत्वभन्दा पनि त्यसलाई भड्किलो खानपानको मुख्य अवसर बनाउने प्रचलन बढोत्तर हुँदै गएको छ ।

एक दशकयता मनाइँदै आएका हरेकका जन्मदिन आयातित संस्कृतिमा निर्भर छन् । यस्तो खालको जन्मदिनको फेसन ग्रामीण क्षेत्रमा पसिसकेको छ । मौलिक संस्कृतिअनुसार खीर तथा सेलरोटी पकाउने, दियो बाल्ने, निधारमा रातो टिका लगाउने, दियोझैँ सधैँ चम्किरहनु भनेर आशीष दिँदै मनाइने जन्मदिन स्मृति पटलमा रहने अवस्था बन्दै गएको छ ।

यो परिवेशमा भने एशिया इन्टरनेश्नल स्कुल जुम्लाका संस्थापक तथा समाजसेवी मनोज बुढाथोकी मगरले आफ्नो जन्मदिनको अवसरमा सोमबार गङ्गामा ननिली अभिनवन केन्द्रको स्थापना गर्नुभएको छ । केन्द्रको उद्घाटन आयुर्वेदिक ज्ञानसम्बन्धी जानकार चन्दननाथ नगरपालिका–५ जुम्ला निवासी मानबहादुर बुढाथोकी मगरले गर्नुभयो ।

मूलतः अन्तरनिहित प्रतिभाले सम्पन्न यद्यपि ओझेलिएका, अवसरबाट बञ्चित भएका, दबिएका सबै सिर्जनशील प्रतिभा, सोच र विशेषताका कुँवेरलाई प्रतिभा प्रस्फुटनको खुला मञ्च बनाउने उद्देश्यले अभिनवन केन्द्र (इनोभेसन सेन्टर) स्थापना गरिएको एशिया इन्टरनेश्नल स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले जानकारी दिनुभयो ।

“विशेषगरी आज परेको मेरो जन्मदिनको अवसरलाई पारेर यो आविस्कार केन्द्रको स्थापना ग¥यो । केन्द्रका लागि हामीले रु १० लाखको कोष तयार गरेका छौँ”, संस्थापक बुढाथाकी भन्नुभयो, “उक्त कोष नवयुवा तथा विद्यार्थी प्रतिभाले नवीन आविष्कारका लागि गर्ने अध्ययन, अनुसन्धान तथा अन्वेषणमा लगानी गरिने छ ।”

सो अवसरमा जुम्लामै भूकम्प प्रतिरोधात्मक स्लाइडिङ इन्टरलक इँट्टाको आविष्कार गर्ने एशिया इन्टरनेशनल स्कुलमा कक्षामा ८ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी छक्क अधिकारीलाई सम्मान गरिएको उहाँले बताउनुभयो । केन्द्रले सबै क्षेत्रको खोज अनुसन्धान र अन्वेषण गर्न नवपुस्तालाई आकर्षित एवं उत्प्रेरित गर्ने उहाँको भनाइ थियो ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार नवराज न्यौपानले देख्दा सुन्दर लाग्ने तर शरीरका लागि बेफाइदाजनक रसायन मिश्रित केक पछिल्लो पुस्ताका लागि आकर्षणको वस्तु बनिरहेको टिप्पणी गर्नुभयो । जन्मदिनमा केक काट्ने, बर्थडे क्याण्डिल बाल्ने, स्नो स्प्रे गर्दा निकै गौरव र सान ठान्ने संस्कृतिले नेपाली मौलिकतामाथि नै आक्रमण गरेको उहाँको भनाइ थियो ।

“जन्मदिन अनुत्पादक र फजुल खर्चको माध्यत त बनेकै छ”, न्यौपानेले भन्नुभयो, “यसले हाम्रो मौलिक संस्कृति, संस्कार यसमा पछिल्लो समयमा टिकाटिप्पणी पनि हुन थालेको छ ।” जन्मदिन फजुल खर्चको सर्त र मदिरामय बनाउने शैलीले समाजमा विकृति बढ्दै गएको बताउँदै बुढाथोकीले जन्मदिन महत्वपूर्ण अवसर बनाएर हरेकले समाजमा केही नवप्रवर्तनात्मक काम गर्नुपर्दछ भन्ने संस्कार स्थापितका लागि नयाँ सन्देश सन्देश प्रवाह गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here