१७ हजार ८ सय ४२ जना महिलाको निःशुल्क पाठेघरको ‘स्क्रिनिङ’

0
790

झापा,  पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले १७ हजार ८ सय ४२ जना महिलाको निःशुल्क पाठेघरको ‘स्क्रिनिङ’ गरेको छ ।
महिलाको पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउन सहज होस् भन्दै अस्पतालले झापा सहित पूर्वका महिलाहरुको निःशुल्क पाठेघरको ‘स्क्रिनिङ’ शुरु गरेको थियो । पाठेघरको ‘स्क्रिनिङ’ गर्ने क्रममा अधिकांश महिलामा पाठेघरमा क्यान्सर देखापरेपछि निःशुल्क परीक्षणको अवधि तीन महिना थपेको छ । नेपाल भरका महिलाहरुले निःशुल्क स्वास्थ्य जाँच गर्न सक्ने गरी तीन महिनासम्म समय थप गरिएको अस्पतालमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालमा अहिले विपन्न नागरिक उपचार कोष मार्फत पनि क्यान्सरको उपचार गर्न सकिने बताउँदै पछिल्लो चार महिनामा मात्रै ६ सय २३ जनाले क्यान्सरको उपचारका लागि सेवा लिएको बताउँदै झापामा पछिल्लो समय क्यान्सरका रोगी बढेको बताएका छन् ।
अस्पतालमा आउने अधिकांश महिलाहरुमा धेरै पाठेघरको मुखको क्यान्सरका रोगी रहेको र उनीहरु अन्तिम अवस्थामा मात्रै अस्पतालसम्म आउने गरेको अङ्कोलोजिष्ट गाइनो सर्जन डा प्रियङ्का कटुवालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अस्पताालले १८ वर्ष मुनिका बच्चामा हुने क्यान्सरको उपचार र रगतमा देखिने विभिन्न समस्याहरुको उपचार समेत शुरु गरेको जनाएको छ । जसका लागि डा ऋतु लामिछाने सहितको चिकित्सकको छुट्टै टिम रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here