भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

0
297

काठमाण्डौ,

तस्बिर : एएनआई

तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा बुधवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेको एएनआईले जनाएको छ ।

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । रावतलाई गएको जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएको थियो ।

हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहलले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here