बिर्तामोडमा नेवाः फुड फेस्टिवल हुने

0
543

बिर्तामोड ।

झापाको बिर्तामोडमा योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ । नेवाः मिसा पुचः तथा नेवाः ल्याम्ह पुचः बिर्तामोडको आयोजनामा आगामी पुस ३ गते बिर्तामोडमा तेस्रो फुड फेस्टिवल हुन लागेको हो ।

नेवाः मिसा पुचः बिर्तामोड तथा नेवाः ल्याम्ह पुचः बिर्तामोडले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै फुड फेस्टिवल २०७८ का विषयमा जानकारी दिएको हो । फेस्टिवलमा नेवारी परिकारहरु योमरी, वारा, बफ छोयला, चिकन छोयला, बफ मःमः, चिकन मःमः, भेज मःमः, वफ सुकुटी, चिकन सुकुटी, नेवारी खाजा सेट, आलु तामा, आलु साधेको, खसीको फोक्सो फ्राई, नेवारी खाजा सेट भेज तथा नन्भेजलगायत उपलब्ध हुने नेवाःपासा मुना पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

पत्रकार भेटघाटमा नेवाः मिसा पुचः बिर्तामोड अध्यक्ष निलम प्रधान, नेवाःल्याम्ह पुचः बिर्तामोड अध्यक्ष गम्भिररत्न शाक्यलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नेवाःपासा मुना पुचः बिर्तामोडका सदस्य प्रभात मानन्धरले अहिले नेवारी समुदायका सवैलाई खानेकुराका परिकार थाहा भएपनि बनाउन नजान्ने अवस्था रहेको बताए ।

आफ्नो सांस्कृति तथा परिकारलाई अन्य समुदायमा चिनाउने उदेश्यले फुड फेस्टिवल आयोजना गरिएको अध्यक्ष दिनेश श्रेष्ठले बताए । आगामी पुस ३ गते नेवार समुदायको लाखेंसहित बिर्तामोड बजार परिक्रममा गराएर फेस्टिवलको शुरुवात गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here