नेपाल तेक्वान्दो संघको उपाध्यक्षमा वस्नेत

0
779

झापा, नेपाल तेक्वान्दो संघ प्रदेश १को उपाध्यक्षमा बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेत मनोनित भएका छन् ।
नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १को कार्यसमिति सदस्य समेत रहेका बस्नेतलाई वुधवार नेपाल तेक्वान्दो संघ प्रदेश १को उपाध्यक्षमा मनोनयन गरिएको हो । उनलाई संघका अध्यक्ष शैलेस विष्टले उपाध्यक्षमा मनोनयन गरेका हुन् ।
लामो समयदेखि झापाको बिर्तामोडलाई कार्यक्षेत्र बनाएर उद्योग–व्यवसाय एवम् सामाजिक क्षेत्रमा सक्रिय बस्नेत सयपत्री ट्रेड लिंकका प्रबन्ध निर्देशक हुन् । बस्नेत धेरै औद्योगिक–व्यावसायिक संगठनमा आबद्ध छन् भने दर्जनौं सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय छन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य, झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सह–संयोजक समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव समेत रहेका छन् । बस्नेत नेपाल जेसीजको पूर्व कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज सन् २००४ को अध्यक्ष पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here