पथरीशनिश्चरे,

नगरपालिकाको बजार क्षेत्रमा रहेको सुनाखरी माविमा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईंको अध्यक्षतामा भएको एक समारोहको नगर प्रमुख दीलिपकुमार राईले केक काटेर उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख दीलिपकुमार राईंले समग्र सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर उठ्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरुमा क्रमशः पञ्चायत नमुना माविका प्राचार्य अर्जुनकुमार बुढाथोकी,नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले,पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, नगरपालिका शिक्षा अधिकृत नवीनकुमार खुलाल लगायतले उक्त विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तर अघि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरूमा क्रमशः नेकपा माओवादीका नगरअध्यक्ष दिनानाथ तिम्सिना, नेकाका नगरसभापति रुपनारायण भट्टराईं, गोर्खाली पाउरोटी उद्योगका प्रोप्राइटर एवंम् नेकपा समाजवादीका नगरअध्यक्ष तुलसी ढकाल, जनगायक वीरध्वज सिवा समेतको उपस्थिति रहेको थियो भने कार्यक्रममार्फत सम्मानित हुनेहरूमा उत्कृष्ट शिक्षक ऋषिबहादुर काफ्ले र शिक्षिका सिर्जना राई रहेका थिए ।
साथै , लामो समयसम्म सेवा गर्ने शिक्षक तेजबहादुर थापा र विशिष्ट योगदान गर्नुहुने पूर्व विद्यालय व्यवस्थापनका अध्यक्षत्रय रत्न साउदेन, अनीलकाजी राईं र कुमार चाम्लिङ पनि सम्मान गरिएको थियो । सोहि क्रममा नगरभित्र सुन्दर हस्तलेखनका लागि अभियान चलाएको प्रशंसा गर्दै रेडस्टार माध्यमिक विद्यालयका शिक्षक शम्भु घिमिरेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममार्फत विद्यालय कर्मचारीद्वय युवराज ढकाल र सन्तबहादुर तामाङलाई दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गरेर नगरप्रमुख राईंले सम्मान गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रधानाध्यापक नरेन्द्र घिसिङले राख्नु भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षिकाको विभिन्न साँस्कृतिक नृत्यले कार्यक्रमको आकर्षणता बढाएको थियो ।
उक्त अवसरमा विज्ञान प्रयोगशालाको विभिन्न स्टलहरू देखाइएको विद्यालयका विज्ञान शिक्षक राजेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।






























