हिमानी कोषले बालबालिकालाई दियो पौष्टिक खानेकुरा

0
493

भद्रपुर,

पूर्व-युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सेवामूलक संस्था हिमानी कोषद्वारा झापाका बालबालिकाहरूलाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण वितरण गरेको छ।

कोषले भद्रपुर-७ स्थित सरस्वती विद्या मन्दिर प्राविका ४४ जना बालबालिका, भद्रपुर- ७ स्थित भृकुटी प्राविका ४४ जना बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराइएको छ। साथै भद्रपुरस्थित बुधकरण चिया बगान क्षेत्रको मुसहर बस्तीका ३० जना बालबालिकाहरूलाई समेत पौष्टिक आहार वितरण गरिएको हिमानी कोष झापाको कोडिनेटर पुनमसिंह राजवंशीले जानकारी दिइन्।

त्यस्तै हल्दिबारी-२ सृजना चोकस्थित नव सृजना प्राविका ६९ जना बालबालिका, कचनकवल गाउँपालिका( १ पिण्डालबारीस्थित नवदुर्गा आधारभूत विद्यालयका ६० बालबालिका र बाह्रदर्शी गाउँपालिका( १, बोक्राझारी, भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयका ६७ बालबालिकालाई समेत पौष्टिक आहार वितरण गरिएको उनले बताइन्।

साथै हिमानी कोष झापाको पहलमा सेवा क्यानडा ईन्टरनेशनलले समेत कचनकवल-३ पथरियास्थित स्वास्थ्य चौकी पथरिया र बाह्रदर्शी-२ राजगढस्थित स्वास्थ्य चौकी राजगढलाई ४० लिटरको अक्सिजन सिलिन्डर ५ थान, एक एक थान युएसजी मेसिन [गर्भवती महिलाको उपचारका निम्ति अत्यावश्यक उपकरण] लगायतका उपकरण उपलब्ध गराएको छ। हिमानी कोष हाम्रो समाजमा रहेकाले आम सर्वसाधारणका समस्यालाई यथासम्भव समाधान गर्न तत्पर रहेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here