बालमैत्री विद्यालय निर्माणका लागि प्रशिक्षण

0
493

बिर्तामोड ।

झापाका स्थानीय तहहरुले आफ्नो क्षेत्रका विद्यालयहरुलाई बालमैत्री बनाउँदै विभिन्न कार्यक्रमहरु गरिरहेका बेला बिर्तामोडमा बालमैत्री अभियानलाई तिब्रता दिन प्रशिक्षण प्रदान गरिएको छ ।

बालमैत्री विद्यालय निर्माण गर्ने उद्धेश्यले दुई दिने बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा नगर क्षेत्रका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागितामा प्रशिक्षण प्रदान गरिएको हो ।

सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृती प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा फोकल पर्सन शिक्षक र बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बालबालिका देशको भविष्य भएकाले उनीहरुको अधिकार र बिकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहलकदमी लिने बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी,प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल लगायतले बोलेका थिए । बालक्लब र विद्यालयले धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनमा स्थानीय सरकारसंग समन्वय गरेर गतिविधि गर्ने बताइएको छ ।

संयोजक सरोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here