छविराज ढकाल/ पथरीशनिश्चरे ,
पोखरा-११ भेट्रान फुटबल क्लब मोरङको सुनबर्षी -२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप-०७८ को सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा सुन्सरीको द योङ्ग व्रोदर्स-ईटहरीलाई ५–३ को अन्तर गोलले हराउँदै पोखरा भेट्रान फुटबल क्लब विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक खेल भएको उक्त प्रतियोगिताको निर्धारित समयमा बराबरी भएपछि ट्राइवेकरको साहारा लिनु परेको थियो ।
दुवै टिमले पटक-पटक गोल गर्ने थुप्रै प्रयासहरू चुकाएका थिए । ट्राईव्रेकरमा पोखरा भेट्रान क्लबले ईटहरीको योङ्ग व्रोदर्सलाई ३ को विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको थियो। प्रतियोगिताको “म्यान अफ दि म्याच” पोखरा भेट्रान क्लबका जर्सी नं-१५का एल एक्स घोषित भएका थिए।
उनलाई आजका प्रमुख अतिथि समेत रहनुभएका अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवान गोल्डकप-०७८ का दोस्रो पुरस्कार राशीको मुख्य प्रायोजक बाबा निर्माण सेवा, केराबारी, मोरङका प्रोप्राइटर जंगवीर लामाले नगद ५ हजार र ट्रफी प्रदान गर्नुभएको थियो ।
भोलि मंगलबार आयोजक अमरदह ढल्केजोवान फुटबल क्लब र बुद्ध भूमि भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताउनुभयो । उक्त अवसरमा दोस्रो पुरस्कार राशीको मुख्य प्रायोजक बाबा निर्माण सेवा प्रालिका सञ्चालक जंगवीर लामालाई ढल्केजोवान गोल्डकपका अध्यक्ष प्रताप तामाङले मायाको चिनो प्रदान गर्नुभएको थियो।