[एकराज गिरी]
बिर्तामोड,भदौ २२ । रोजगारीका लागि विदेशिने क्रम बढिरहेको बेला झापामा भने ११ सय ४० युवा स्वरोजगार भएका छन् । पहिले वेरोजगार ती युवा आज व्यवसायी –उद्यमी मात्र बनेका छैनन् अरु युवालाई रोजगारी पनि दिइरहेका छन् ।
०६९ साल बाट शुरु भएको कार्यक्रम अन्तर्गत स्वरोजगार कोषमार्फत झापाका विभिन्न सहकारी र वैंकबाट रकम लिएर उनीहरु स्वरोजगार बनेका हुन् ।
मुलुकभर ७३ जिल्लामा ३० हजार युवा स्वरोजगार बनेका छन् । ती युवालाई स्वरोजगार बनाउन छ सय २० सहकारीमार्फत अढाई अर्ब रुपैयाा लगानी भइसकेको युवा तथा साना व्यवसायी रोजगार कोषका कार्यकारी निर्देशक बिनोदकुमार गुरागाइले बताए । ‘मनाङ र मुस्ताङमा भने प्रचुर पर्यटन व्यवसायका कारण स्वरोजगार कार्यक्रम लागू भएको छैन’– गुरागाइाले भने ।
झापामा कोषको ११ करोड १२ लाख तीन हजार पााच सय रुपैयाा प्राप्त भइ सहकारी र बैकमार्फत लगानी भएको कोष झापा जिल्ला सदस्य सचिव सन्तोष सापकोटाले बताए । १९ सहकारीमार्फत ८ करोड ६९ लाख लगानी भइ महिला चार सय ५२ जना सहित आठ सय ४६ जना स्वरोजगार भएको सापकोटाको भनाइ छ । त्यस्तै बैंकहरु र जडिबुटी सहकारी मार्फत दुई सय ९४ स्वरोजगार बनेका छन् ।
विहीवार बिर्तामोडमा ‘स्वरोजगार कोषको लगानी चुनौति, सम्भावना र अवसर’ विषयक छलफल आयोजना गरियो । युवा तथा साना व्यवसायी रोजगार कोष र साझेदारी झापाका सहकारी संस्थाले आयोजना गरेको छलफलमा सहभागीले कोषको कार्यक्रमबाट आफूहरु उत्साहित भएको बताए ।
कोषको जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक उमेश डालमिया, जिल्ला सहकारी संघका अध्यक्ष हरिचरण बानियाा, सचिव गणेश ढकाल,सहसचिव युवराज ढकाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मी खरेल, अनुगमन अधिकृत तारा लिम्बू, जनमैत्री सहकारीका अध्यक्ष ज्योतिसिंह दर्लामी, सहकारी एवम् राजनीतिकर्मी रोम ओलीले झापामा स्वरोजगार कार्यक्रम प्रभावकारी भएको पाइएको बताए ।
मेची सहकारीका अध्यक्ष रहेका ओलीको अध्यक्षतामा छलफल भएको थियो । यहाा कोषको कार्यक्रमले युुवाको जीवन नै फेरेको बताउादै लीलागुरास महिला सहकारी संस्थाकी मेनुका पौडेलले गीत नै प्रस्तुत गरिन् –‘नजाऊ विदेश, स्वर्ग झै लाग्छ हाम्रै स्वदेश … ’
झापामा स्वरोजगार कोषमार्फत सहकारीले सहुलियत व्याजदरमा प्रदान गरेको ऋणबाट तरकारी, दुध, मासु उत्पादनका लगानी भएको र आम्दानी राम्रो रहेको बताइएको छ ।
१८ देखि ५० बर्षका नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य स्वरुप सरकारी नीति अनुसार गरिबी निवारणका क्षेत्रमा लगानी गर्न बैकले छुट्याउने चार प्रतिशतको एक तिहाइ रकम स्वरोजगार कोषमा जम्मा हुने गरेको छ । उक्त रकम ७३ जिल्लामा सहकारी र बैकमार्फत परिचालन हुादै आएको बताइएको छ ।
स्वरोजगारका चुनौति :
माग अनुसार कोषले सहकारीलाई रकम उपलब्ध गर्न नसकेको बताइएको छ । सहकारीमा उद्यम व्यवसायका लागि सयौंको आवेदन पर्ने गरेपनि सबैलाई रकम दिन नसकिएको सहकारीकर्मीको गुनासो छ । उनीहरुले सहकारीलाई एक करोड रुपैयाासम्म र सहकारीमार्फत प्रत्येक व्यक्तिलाई दिादै आएको ५० हजारदेखि दुई लाख रुपैयाा रकमलाई पााच लाख बनाउन माग गरेका छन् । साथै विषयगत तालिम र सफल अभ्यास आदानप्रदानका लागि अन्तर सहकारी र जिल्ला भ्रमणको माग समेत गरिएको छ ।
केही ठाउामा भने उद्देश्य अनुसार लगानी नहूादा समस्या आएको बताइन्छ । झापाका २० सहकारीसाग सम्झौता भएपनि पााचगाछीको पञ्चवटी जडीबुटी सहकारीले उद्देश्य विपरीत काम गर्दा ३० लाख रुपैयाा फिर्ता गएको पाइएको छ ।
त्यस्तै जडीबुटि सहकारी संस्था मार्फत लगानी भएको ४१ लाख ४३ हजार पााच सय जोखिम उन्मुख भएकाले फिर्ताको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ । त्यसमा स्वरोजगारका लागि ८६ जना संलग्न थिए ।
स्वरोजगारका सम्भावना:
सुरुमा कोषले लगानीका लागि बैकलाई रोज्यो । बैकहरु थिए– राष्ट्रिय बाणिज्य, नेपाल बैंक र कृषि विकास बैंक । बंैकमार्फत कार्यक्रम प्रभावकारी नभएपछि दोस्रो पटक सहकारीलाई रोजिएको हो । बैंकमार्फत मुलुकभर लगानी गर्नुपर्छ भनी चार अर्ब रुपैयाा सम्झौता भएपनि जनही दुई लाख लिएर चार सय जना मात्र स्वरोजगार बन्न सके । कारण थियो– बैकको लामो प्रक्रिया, गाउासम्म अर्थात् लक्षित वर्गको सहज पहुाच नहुनु । यही यथार्थ ठम्याएपछि रोजगाइमा पर्यो सहकारी ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागााईले सरकारले युवा स्वरोजगार कोषमार्फत सञ्चालन भएका कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाएका छन् । गुरागााइले व्यवसायीलाई उपलब्ध गराइएको रकम दोब्बर बनाउन कोष आफ्नो जिम्मेवारीका साथ अघि बढ्ने समेत बताए । उनले सहकारीले व्यवसायीको वीमा शुरु गरे त्यसमा कोषबाट डेढ प्रतिशत रकम थप गर्ने समेत आश्वासन दिए ।
सहकारीकर्मी र स्वरोजगारमा संलग्नहरु अत्यन्त उत्साहित भएको पाइएको छ । कोषका झापा सदस्य सचिव सन्तोष सापकोटा भन्छन्–‘झापालाई कोषमार्फत एक अर्ब प्राप्त भए कुशलतापूर्वक काम गर्छौ, सबैलाई स्वरोजगार बनाउाछौं ।’ कम्तीमा हरेक गाविसमा दुई र नगरपालिकामा ५/६ वटा सहकारीमार्फत स्वरोजगारका लागि लगानी गर्न सके सबै समेटिने बताइन्छ । कोषका सदस्य समेत रहेका जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी खरेलले भने –‘सफल हुन दृढ इच्छाशक्ति र इमान्दार हुनुपर्छ ।’
कोषका साझेदार:
झापामा कोषसाग १९ वटा सहकारीले साझेदारी गरेका छन् । यी बाहेक राष्ट्रिय सहकारी बैंकमार्फत ३ वटा, साना किसान विकास बैंकमार्फत ६ वटा र क्रिष्ट बैंकले समेत साझेदारी गरेको छ भने केन्द्रीय जडीबुटीमार्फत जिल्ला जडीबुटी सहकारीले समेत साझेदारी गरेको छ ।
१९ साझेदार सहकारीहरुमा सतासी बहुमुखी, सतासी महिला मौरी पालन, सुखानी कृषि, माा कालिका दुग्ध, जनमैत्री बचत तथा ऋण, पूर्व नेपाल, त्रि गाउा जडीबुटी, धौलागिरी बचत तथा ऋण, डााफे बचत तथा ऋण, मेची, महालक्ष्मी कृषि, न्यू पाथिभरा बचत तथा ऋण, जनहितकारी बचत तथा ऋण, पूर्वाध कृषि, सिद्धान्त बचत तथा ऋण, लालीगुरास महिला, युवा स्वरोजगार कृषि, गोलधाप महिला कृषि र होक्से कृषि सहकारी संस्था रहेका छन् ।