रौनियारको सम्मान सहित विदाई

0
510

झापा,  मेची आँखा अस्पताल बिर्तामोडका प्रशासन प्रमुख सुरज कुमार रौनियारलाई सम्मान सहित विदाई गरिएको छ ।
१८ वर्षसम्म अस्पतालमा अनवरत रुपमा सेवा गरेका रौनियारलाई अनिवार्य अवकासपछि सम्मान सहित विदाई गरिएको हो । २०६० सालदेखि अस्पतालको प्रशासन प्रमुखको जिम्वेवारी सम्हालेका रौनियारलाई अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशी, निर्वतमान अध्यक्ष छत्र अधिकारी पूर्व अध्यक्ष भरतलाल गिरीले सम्मान सहित विदाई गरेका थिए ।
मेची आँखा अस्पताल संघका उपाध्यक्ष सुरेश कुमार वंशलले स्वागत गरेको कार्यक्रममा अस्पतालका पुराना कर्मचारी मदन अधिकारी, सचिव गणेश पोखरेल सहितले रौनियारले अस्पतालको विकास र सेवाका क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रमको संञ्चालन अस्पतालका कर्मचारी युवराज वोहोराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here