ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

0
435

फुङ्लिङ, 

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए।

स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए। उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here