बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगरकमिटिले आज देखि घर दैलो कार्यक्रम शुरु गरेको छ ।
स्थानीय तह निर्वाचन मिति नजिकिएसंगै एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सहित घर दैलो कार्यक्रम सुरु गरेको हो ।
घर दैलो कार्यक्रम आज वडा नम्बर ५ मा केन्द्रित रहेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटीले जानकारी दिनु भयो । उम्मेदवारहरुले सबैका घर,पसलमा पुगेर नेकपा एमालेलाई मतदान गर्न आग्रह गरीरहेका छन् ।
घर दैलो कार्यक्रममा वडाध्यक्षको उम्मेदवार राजेन्द्रप्रसाद लिङदेन, महिला सदस्य शान्ता रोका क्षेत्री,दलित महिला सदस्य मालती विश्वकर्मा,सदस्यहरु ओमभक्त सेडाई र दुर्गा प्रसाद सिवाकोटी पनि सहभागि हुनुहुन्छ ।
एमालेले हिजो वडा नम्बर १० मा पुगेर बैशाख १२ गते वडा नम्बर १ देखि शुरु गरेको चुनावी प्रचार अभियान अन्तर्गत कोणसभाको कार्यक्रम एक चरण सम्पन्न गरेको छ ।