क्यान्सर पिडित सीतारामद्वारा सहयोगको याचाना

0
421

बिर्तामोड ।

झापाको बिर्तामोड–६ का सीताराम दासले सहयोगको याचना गरेका छन् । विगत पाँच महिनादेखि क्यान्सर रोगका कारण अस्वस्थ रहेका दासले आर्थिक अभावकै कारण आफूले उपचार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका हुन् ।

सामान्य ज्याला मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका दास अस्वस्थ भएपछि अहिले घरमा बिहान बेलुकाको खाना समेत समस्या भएको श्रीमती रेनु महतो बताइन् । दैनिक मजदुरी गर्ने क्रममा पाँच महिना अघि खुट्टामा घाउ भएको र हाल चिकित्सकले सोही ठाँउबाट क्यान्स भएकाले खुट्टा नै काट्नु पर्ने अवस्था समेत सिर्जना भएको जनाइएको छ ।

घर–जग्गा समेत कतै नभएको र आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले श्रीमानको उपचारका लागि कुनै अस्पताल लान नसकेको श्रीमती रेनुको भनाई छ । हालसम्म एक लाख ४० हजारभन्दा बढी खर्च भइसकेको भन्दै अब उचार गर्ने खर्च समेत नहुँदा समस्या भएको उनका साथी कृष्णप्रसाद कट्टेलले बताए ।

सीतारामको उचारका लागि आर्थिक सहयोग संकलान शुरु गरेको गंगा पासवानले बताए । दैनिक मजदुरी गर्नेहरुले नै समान्य सहयोग गरेपनि उपचारमा धेरै रकम खर्च लाग्ने भएकाले समस्या भएको रोशन अलीले बताए । आर्थिक रकम जुटेमा सीतारामलाई उपचारका लागि भरतपुर लैजाने जनाइएको छ । यसैबीच सीतारामको अवस्था बुझन तथा उनलाई आर्थिक सहयोग गर्न चहानेले उनको मोबाइल नम्बर ९८१७०२३५२० अथवा ९८२५९६५१४२ मा सम्र्पक गर्न सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here