बिर्तामोड–२ मा राप्रपाको अवस्था सुध्रियो

0
483

चारपाने ।

झापाको बिर्तामोड–२ चारपानेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो निर्वाचनको तुलनामा आफ्नो अवस्था दह्रो बनाएको छ ।

केही दिनअघि सार्वजनिक वडाको अन्तिम मत परिणाममा सो पार्टीबाट वडाध्यक्षका उम्मेदवार शंकर रिजालले १३६२ मत प्राप्त गरे । उनलाई पछि पार्दै २०२१ मतका साथ एमालेमा उम्मेदवार किशोर पौडेल निर्वाचित भए । नेपाली कांग्रेस भने तेस्रो स्थानमा पुग्यो । कांग्रेसका उम्मेदवार धर्म लक्सम्बाले १२३० मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचनमा पनि राप्रपाबाट रिजाल नै वडाध्यक्षका उम्मेदवार थिए । त्यसपटक उनले ७८४ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावभन्दा यो पटक वडाध्यक्षमा जित्ने दाबीका साथ मैदानमा उत्रिएका रिजालले उपविजेतामा चित्त बुझाउनु परे पनि पार्टीको अवस्था मजबुत बनेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here