बिर्तामोड ।

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै झापाको बिर्तामोडमा शनिबार प्रदर्शन गरिएको छ।
दिनानु दिन बलात्कारका घटना बढ्दा समेत सरकारले दोषिलाई कानुनी दायरामा ल्याउन नसक्दा अपराधमा संलग्नहरुको मनोबल बढेको झापाकी संस्कृति रिजालले बताइन् ।

उनी महिला हिंसा विरुद्ध लामो समयदेखि आवाज उठाइ रहेकी छन् । मुक्ति चोकमा बेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन्।

विरोध प्रर्दशन पछि भएको कोण सभामा संकृस्ति रिजाल लगायतले बोलेका थिए भने श्रृजित ढुङ्गानाले प्रधानमन्त्री शेरबहादुर देउवालाई खुल्ला पत्र लेख्दै देषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गरेका छन् । त्यस्तै रिमा केसीले लेखेको सृष्टीको प्रयोगशालामा विद्रोह नामक शिर्षकको कविता बचान गरिएको थियो । विरोध प्रदर्शमा जिल्लाका विभिन्न स्थानबाट युवायुवीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मनिता सिटौलाले गरेकी थिइन् ।
एक युवतीले आठ वर्ष अघि सौन्दर्भ प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिईन ।































