आगामी असार १० मा पथरीशनिश्चरे नगरपालिकाको ११ औं नगरसभा

0
220

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाले आगामी असार १० गते ११ औं नगरसभाको तयारी सहितका विषयमा निर्णय गरेको छ ।

बुधबार कार्यपालिकाको बैठकले यस अघि नियमित रुपमा सञ्चालन हुँदै आएको असार १० गतेको नगरसभा यो वर्ष पनि सोही मितिमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि वार्षिक वजेट तथा योजना सम्बन्धी समष्टिगत मार्गदर्शन तथा प्राथमिकताका आधार बारेमा पनि बैठकले छलफल गरेको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको बैठकले जनसंख्या, भूगोल, विकासको अवस्था सहितका सूचकका आधारमा वडाहरुको वडागत बजेटको सिलिङ निर्धारण गरेको छ ।

नगरसभाबाट आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने विषयवस्तु सहित कुल ६७ करोड ४४ लाख ४६ हजार रुपैयाँको प्रस्तावित बजेटमाथि छलफल गरिएको नगर प्रमुख तुम्वापोले जनाउनुभयो ।

नगर प्रमुख संयोजक तथा उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी प्रशासन प्रमुख र उद्योग वाणिज्य संघ प्रतिनिधि सदस्य रहने नगरस्तरीय विपद व्यवस्थापन समिति गठनको निर्णय गरेको छ ।

सोहि बैठकले नगरको पहिलो नागरिक धिमाल जातिको सिरिजात जात्री पर्वको अवसरमा भोलि असार २ गते एक दिन नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here