रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा सर्वसम्मत जम्मरकट्टेललाई इक्यानद्वारा बधाई ज्ञापन

0
474

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका निर्वमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको बर्ष २०२२/०२३ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

सामाजिक संस्था रोटरी क्लब अफ बिर्तामोड मिडटाउनमा आठ वर्ष अघिबाट आवद्ध भएका जम्मरकट्टेल सर्वसम्मत रुपमा अध्यक्ष भए लगत्तै इक्यान झापा शाखाले बधाई ज्ञापन गरेको छ । बिर्तामोडमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर निर्वमान अध्यक्ष जम्मरकट्टेललाई सफल कार्यकालको शुभकामना सहित बधाई दिइएको हो ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष एवम् बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना ब्यक्त गर्दै रोटरीसंग मिलेर शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न इक्यान तयार रहेको बताए ।

इक्यान झापाका अध्यक्ष ओलीले इक्यानका निर्वतमान अध्यक्ष जम्मरकट्टेलले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको नेतृत्व गर्नु नै इक्यानको सफलता भएको बताए । सामाजिक क्षेत्रमा क्रियाशिल जम्मरकट्टेलको सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

त्यस्तै विर्तामोड–३ वडाध्यक्ष बुढाथोकीले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनसंग सहकार्य गरेर सामाजिक काम गर्ने प्रतिबद्धता जनाए । उनले सामाजिक क्षेत्रमा युवाहरुले नेतृत्व गर्दै सामाजिक विकासका क्षेत्रमा सहकार्य गर्दै काम गर्नुपर्ने बताए ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको नेतृत्व सम्हाल्न लगेका अध्यक्ष जम्मरकट्टेलले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताए । रोटरीले सामाजिक क्षेत्रमा काम गर्ने भन्दै शिक्षा र स्वाथ्यको क्षेत्रमा इक्यानसंग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव राज कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here