बागेडाँगीको २०औं सभा

0
222

लक्ष्मीपुर ।

बागेडाँगी वहुउद्धेश्यीय सहकारी संस्था लि. अर्जुनधारा –५ को २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोही अवसरमा संस्थाको २५ औं वर्ष स्थापनाको अवसरमा रजत जयन्ती उत्सव कार्यक्रम समेत घोषणा गरिएको छ । सस्थाले वर्षभरि नै विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने भएको छ । संस्थाका अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाँईको प्रमुख आतिथ्य रहेको थियो ।

कनकाई –८ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लीलावहादुर कटुवाल, पूर्व वडाध्यक्ष प्रेमवहादुर कटुवाल, पाण्डव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्प घले, सुनिता सिग्देल, दुर्गाप्रसाद पराजली, गणेशवहादुर कार्की, लेखनाथ निरौला, एलवी गिरी, बिमला तामाङ, संस्थाका पूर्व पदाधिकारी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्ष लम्सालले संस्थाको वार्षिक प्रगति प्रतिवेदनमार्फत आ.व. ०७८, ७९ को पाँच करोड, ३६ लाख,४६ हजार, तीनसय ८८ रुपैयाँ ७६ पैसाको कारोवार सार्वजनिक गरेका थिए । जिल्लाभर वित्तीय कारोवार सञ्चालन गरिरहेको संस्थामा हाल एक हजार तीनसय २८ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले आगामी वर्षदेखि नियमित रक्तदान कार्यक्रम, बचत वृद्धि कार्यक्रम, घरदैलो अभियान, सुत्केरी राहत कार्यक्रम, विपन्न वर्गका शेयर सदस्यका बालबालिकालाई विशेष राहत कार्यक्रम, बालबचतकर्तालाई विशेष स्वास्थ्य उपचार सेवा कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम, अवलोकन तथा भ्रमण कार्यक्रम, संस्थाको निजी भवन निर्माणार्थ विशेष कार्यक्रमको थालनी तथा संस्थाका सेवालाई थप प्रभावकारी वनाउन आईटी सम्वन्धी विभिन्न कार्यक्रम थप गदैै लैजाने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कृषक, ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, तथा ज्येष्ठ एकल महिलालाई नगदसहित सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष सूर्य रिमालले स्वागत गरेको कार्यक्रम सचिव छविलाल कट्टेलले सञ्चालन गरेका थिए । व्यवस्थापक यशोदा कार्की, लेखा संयोजक रुद्र ओली, तथा समितिका सहसचिव सुवास घिमिरेले कार्यक्रमको संयोजन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here