विप्लव वाम एकताको पक्षमा

0
232

झापा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको ‘नेपाल कम्युनिष्ट पार्टी’ले निर्वाचन बहिष्कार गरे पनि कम्युनिष्ट एकताको पक्षमा रहेको संकेत गरेको छ ।

पार्टीका महासचिव ‘विप्लव’ले निर्वाचन सकिए लगत्तै श्रव्यदृष्य सामग्री (भिडियो सन्देश) मार्फत कम्युनिष्ट एकताको आव्हान गरेका हुन् । विप्लवले जारी गरेको भिडियो सन्देशमा झापा बिद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट मिल्नुपर्ने, नमिले सकिन्छौँ भन्ने धारणा राखेका छन् । उनले भिडियो सन्देशमा भनेका छन् – दलाल पूँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको छ ।

जनयुद्धको सफलतालाई षड्यन्त्रपू्र्वक रोकिएको छ । कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न पार्ने काम भएको छ’– उनले भनेका छन्– ‘नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ । अनेकौँ बहानामा देशभक्त शक्तिलाई छिन्नभिन्न बनाउने खेल भएको छ ।’ उनले भारतको पश्चिम बंगाल राज्यको उदाहरण दिँदै नेपाललाई पनि त्यही दिशामा लाने खेल भइरहेको बताएका छन् ।

‘नेपाललाई पश्चिम बंगाल बनाउने खेल भएको छ । त्यहाँको कम्युनिष्ट आन्दोलन दलालहरुले सिद्ध्याए । नेपालमा पनि कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने खेल भएको छ’– उनले भने– ‘नेपालमा दलालहरुको रजाइँ चलुञ्जेल नेपाली जनताले शान्ति पाउने छैनन् ।

उनले जनयुद्ध सफल भइसकेको अवस्थामा शान्ति सम्झौताका नाममा रोक्ने काम भएको बताए । ’जनतालाई क्रान्तिबाट रोक्ने गरी भ्रम रचियो । जुनसुकै रुप रंगका दलाल पुँजीवादी तत्वहरु आए पनि नेपालीका लागि कुनै अर्थ छैन’– उनले भनेका छन्– ‘नयाँ या पुरानो बोतल जेसुकै होस्, विषले त असर नै गर्छ । पुराना पार्टीको ठाउँमा नयाँ पार्टी ठीक भनिएको छ तर त्यसको कुनै अर्थ छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here