पथरीशनिश्चरेमा स्रष्टाहरूको मासिक ‘सृजना चाैतारी’

0
337

पथरी शनिश्चरे,

माेरङ्गकाे पथरीशनिश्चरेमा रहेर साहित्य साधना गरिरहेका स्रष्टाहरुको मासिक कार्यक्रम सम्पन्न भएको छ।

आज शनिबार पथरीशनिश्चरे -१ को मनाेहर एण्ड पार्कमा सृजना चाैतारी नामक मासिक कार्यक्रम सम्पन्न भएकाे हाे।

हरेक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको साहित्यिक कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरूले आ आफ्ना लेख -रचनाहरू वाचन गरी लेखन शिल्पी निखार्दै प्रतिभालाई प्रफुष्टन गर्नुभएको थियो।

उक्त अवसरमा स्थानीय स्रष्टाहरू क्रमशः टी.एन. खतिवडा, उत्तम अपागाँई , राजेन्द्र विवश, सीता राई, दीपक दियालो , भवानी दुलाल, प्रतिमा गुरूङ , लक्ष्मीप्रसाद फूयाँल, भूमिप्रसाद पाठक र प्रेम कट्टेलले गीत, गजल, कविता , हाइकु र मुक्तक लगायतका विधाका लेख रचनाहरू प्रस्तुत गरेका हुन्। एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठककाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे अध्यक्षता सृजना चाैतारीका अध्यक्ष लक्ष्मीप्रसाद फूयाँलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here