चम्लगाई परिवारद्वारा बाह्रदशी गाउँपालिकाका ३१ परिवारलाई सिरक डसना प्रदान

0
350

झापा, चिसो बढेसंगै बाह्रदशी गाउँपालिकाका ३१ परिवारलाई सिरक डसना प्रदान गरिएको छ ।
बाह्रदशी गाउँपालिका – ७ का विपन्न समुदायका ३१ परिवारलाई चम्लगाई परिवारले सिरक डसना प्रदान गरेको हो । वडा कार्यालयको सिफारिसमा बाह्रदशी गाउँपालिका – ७ सिमलचौक निवासी लोकनाथ चम्लगाई र डिकुरादेवी चम्लगाईले विपन्न परिवारलाई सिरक डसना बितरण गरेका हुन् ।
नेपाल कतार व्यवसायी संघका अध्यक्ष महेन्द्रप्रसाद चम्लगाईसहित प्रेमप्रसाद चम्लगाई र देविन्द्र चम्लगाईले नयाँ वर्षमा गरिने फजुल खर्चलाई कटाएर सेवामा परिणत गर्दै विपन्न परिवारलाई सिरक डसना बितरण गरेको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले बताए ।
सिरक डसना गौरीशंकर माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्रदान गरिएको थियो । सिरक डसन वितरण कार्यक्रममा वाह्रदशी गाउँपालिका सदस्य फेदुलाल राजवंशी, मिलन संग्रौला र सावित्रा विकको समेत उपस्थिति रहेको थियो ।
सोमवार बाह्रदशी गाउँपालिका वडा नम्वर ६ का विपन्न परिवारलाई सिरक डसना बितरण गरिने बताइएको छ । बाह्रदशी गाउँपालिका भरिका विपन्न समुदायका नागरिकलाई चिसोबाट बच्न क्रमस सिरक डसना बितरण गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here