झापा।
झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रहरीले तीन जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ ।
आज दिउँसो बुधवारे बजारमा तीन जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बू, ११ बर्षीय सुशील लिम्बू र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।
उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरीस्थित रहेको अस्थायी संरक्षण केन्द्रमा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।