शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

0
166

दमौली, 

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०७८/ ७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताउनुभयो ।

कुल रु ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट रु ४९ लाख र स्थानीय उपभोक्ताबाट रु २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् ।

मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताउनुभयो । “सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here